लाज शरणमको 'हेर्दा हेर्दैमा' बोलको गीत सार्वजनिक
काठमाडौं : नेपाली फिल्म लाज शरणमको गीत सार्वजनिक भएको छ। 'हेर्दा हेर्दैमा' बोलको गीत ओसीआर डिजिटलबाट सार्वजनिक भएको हो।
आनन्द अधिकारीको रचना रहेको गीतमा कृष्ण भारदवाजले संगीत भरेका छन् भने शान्ति श्री परियार र आशिष अविरलले स्वर दिएका छन्।
महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज हुने भनिएको लाज शरणममा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, सागर लम्साल, महेश त्रिपाठीलगायतले अभियन गरेका छन्। नविन श्रेष्ठले निर्माण गरेको फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन्।
प्रतिक्रिया दिनुहोस !