काठमाडौं र पोखरामा जापनिज फिल्म फेस्टिभल आयोजना हुने

काठमाडौं : काठमाडौं र पोखरामा जापनिज फिल्म फेस्टिभल आयोजना हुने भएको छ। काठमाडौंस्थित जापनिज दूतावास र जापान फाउन्डेशनले माघ १८ र १९ गते काठमाडौंमा र फागुन २३ र २४ गते पोखरामा फिल्म फेस्टिभल आयोजना गर्न लागेको हो।
काठमाडौंको नाचघर र पोखराको चेम्बर्स अफ कमर्शमा फिल्म फेस्टिभल आयोजना हुनेछ। फिल्म फेस्टिभलमा आउने दर्शकहरूका लागि प्रवेश निशुल्क रहने आयोजकले जनाएको छ।
काठमाडौंमा पहिलो दिन Brave Father Online-Our Story of Final Fantasy XIV र ITO नामक दुई फिल्म प्रदर्शन हुनेछ। त्यस्तो दोस्रो दिन Dreaming of the Meridian Arc, Lu over the wall र The Fish Tale फिल्म प्रदर्शन हुनेछ।
त्यस्तै पोखरामा पहिलो दिन Taano Tofu र Where I Belong नामक फिल्म फ्रदर्शन हुनेछ। त्यस्तै दोस्रो दिन And So he Baton Is Passed, Key of My Life र The Line That Define Me नामक फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
