नेपालसँग हार्‍यो भारत

नेपालसँग हार्‍यो भारत

काठमाडौं: नेपालले भारतलाई तेस्रो दक्षिण एसियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २-० ले पराजित गर्दै स्वर्ण जितेको छ ।

टोखास्थित भूतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले बेस्ट अफ थ्रीको खेलमा २०-१८, १८-१४ ले भारतलाई पराजित गरेको हो । बिच भलिबलजस्तै बालुवामा खेलिने यस खेलमा हातको सट्टा खुट्टा प्रयोग गरिन्छ । १८ अंकमा खेल समाप्त हुने भए पनि दुई अंकको फरक अनिवार्य हुनेछ ।

विजयी खेलाडीलाई इन्डियन स्पोर्टस् अथिरिटी बोर्डका सदस्य डा. एनएम नन्द र दक्षिण एसियाली फुटभली महासंघका अध्यक्ष राम अवतारले पुरस्कार प्रदान गरे ।

दक्षिण एसियामा नौलो खेलका रूपमा रहेको फुटभली खेल ब्राजिलबाट सुरु भएको हो । उक्त खेललाई दक्षिण एसियामा विकास र विस्तार गर्ने उद्देश्यले नेपाल आएको दक्षिण एसियाली फुटभली महासंघका प्रतिनिधि तथा भारतीय फुटभली संघको टोलीले नेपालमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो ।

नेपालले यसअघि च्याम्पियनसिपका रूपमा २०७२ सालमा दक्षिण एसियाली फुटभली आयोजना गरिसकेको छ । थाइल्यान्डमा गत वैशाख ३० देखि आयोजना भएको एसियाली फुटभली च्याम्पियनसिपमा सहभागिता जनाइसकेको नेपाल फुटभली संघका अध्यक्ष मनीष ‘राम' जोशीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.