कांग्रेसले प्रधानमन्त्रीलाई संसद्‍मा बोल्न दिएन

कांग्रेसले प्रधानमन्त्रीलाई संसद्‍मा बोल्न दिएन

काठमाडौँ: प्रमुख प्रतिक्षी दल कांग्रेसले भूकम्पपीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख वितरणसम्बन्धी सरकारी लिखित प्रतिबद्धताको माग दोहोर्‍याएर संसद् अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न पाएनन् ।

कांग्रेसले भूकम्पपीडितलाई घर बनाउन वार्षिक दुई प्रतिशत ब्याजदरमा १५ रु २५ लाख वितरण गर्न पनि सरकारसित आग्रह गरेको छ । यी दुवै निर्णय आफ्नो सरकारको पालामा भएको जिकिर गर्दै कांग्रेसले संसद्‍मा निरन्तर अवरोध खडा गरेको हो ।

सदनको आजको बैठक पनि सुरु हुनेबित्तिकै कांग्रेसका अर्जुननरसिंह केसीले सरकारले भूकम्पपीडित जनताको कष्टप्रद जीवनमाथि खेलबाड गरेको आरोप लगाए ।

उनले भूकम्प गएको १४ महिना बितिसक्दा पनि भूकम्पपीडित त्रिपालमुनि गुजारा गरिरहेको प्रति सरकार संवेदनशील बन्न नसकेको आरोप लगाउँदै सरकार यस्ता जनतालाई राहत होइन, आहत दिन लागिपरेको बताए ।

भूकम्पपीडितलाई राहत दिन राज्यको ढुकुटी गैह्रसरकारी संस्थालाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले वितरण गरेको आरोप पनि नेता केसीले बताए ।

सोही दलका मोहनबहादुर बस्नेतले एकमुष्ट, बिनाझन्झट दुई लाख घर निर्माण गर्न ३० लाख भूकम्पपीडितले माग गर्दा सरकार किन नसुनेको जस्तो गरिरहेको छ भन्ने प्रश्न गर्दै सरकारको नियत भूकम्पपीडितमाथि राजनीति गर्ने देखिएको बताए ।

उनले दुई वर्षात्को समय जान लागिसक्यो, पीडित जनताले कति खुला आकाशमुनि बिताउने भन्ने प्रश्न गर्दै छिटो एकमुष्ट दुई लाख वितरण गर्न सरकारसित माग गरे ।

सो दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले भूकम्पपीडित जनतालाई घर बनाउन एकमुष्ट रुपमा दुई लाख दिने सरकारी प्रतिबद्धता नआएसम्म सदन चल्न नसक्ने जानकारी दिए । उनीहरुले आआफ्ना आसनबाट उठेर नै आआफ्ना भनाइ राखेका थिए ।

यसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न पाएनन् । प्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी दलले उठान गरेको मागलाई सम्बोधन र हालै अफगानिस्तानको राजधानी काबुलमा नेपालीमाथि भएको घटना तथा यसमा सरकारको गरेका कामका बारेमा सदनलाई जानकारी दिन उपस्थित भएका थिए ।

प्रमुख प्रतिपक्षी दलले सदन अवरोध गरेपछि उनले सम्बोधन गर्न नपाएका हुन् । सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री काबुल घटना र पुनःनिर्माणबारे सविस्तार जानकारी दिन प्रमले बोल्न खोजेको जानकारी गराएकी थिइन् ।

 

प्रमुख सचेतक श्रेष्ठले काबुलको घटनाप्रति सिङ्गो देश नै संवेदनशील छ भन्दै सो घटनासित आफ्ना मागलाई नजोड्न आग्रह गरेका थिए । प्रमुख प्रतिपक्षी दलका सांसद आ–आफ्ना आसनमा उठिरहेपछि आजै एक घन्टाका लागि सदन स्थगन गरिएको थियो । दोस्रो पटक १ बजे बसेको बैठकमा पनि कांग्रेस अवरोध गरेको छ।

सदनको आजको दैनिक कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, उद्योगमन्त्री र शिक्षामन्त्रीले छुट्टाछुट्टै विभिन्न विधेयक प्रस्तुत गर्ने रहेको थियो ।

यसैगरी विनियोजन विधेयक अन्तर्गत सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार तथा व्यवस्था, कृषि विकास, उद्योग, कानुन न्याय तथा संसदीय मामिला र युवा तथा खेलकुद विषयमा छलफल गर्ने कार्यसूची थियो । रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.