एचआईभी संक्रमितको लागुऔषध सेवनपछि मृत्यु

एचआईभी संक्रमितको लागुऔषध सेवनपछि मृत्यु

विराटनगरः विराटनगर २१मा एचआईभी संक्रमित एक लागुऔषध सेवनकर्ता मृत्त भेटिएका छन् ।

सार्वजनिक शौचालय नजिकै सुतिरहेको अवस्थामा राति १० बजे मृत्त युवा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको पहिचान खुल्न नसकेको बताएको छ । प्रहरीले युवक धरान १५ का २८ वर्षीय सुमन राई भएको हुन सक्ने अनुमान गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक जागेश्वर भण्डारीका अनुसार अत्यधिक लागूऔषध सेवनका कारण एचआईभी संक्रमित राईको मृत्यु भएको आशंका गरिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको जानकारी भण्डारीले दिए ।

विराटनगर उपमहानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय विगत लामो समयदेखि लागूऔषध सेवनकर्ताको अखडाका रुपमा चिनिएको प्रहरीले जनाएको छ ।

त्यो स्थानलाई भारतको जोगवनी पुगेर लागुऔषध सेवन गरेर आउने नेपाली लागूऔषध प्रयोगकर्ताले आरमस्थलका रुपमा प्रयोग गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.