क्लासिकल नाइट

क्लासिकल नाइट

कठमाडौँ: नृत्य प्रशिक्षणको छेत्रमा छुटै पहिचान बनाउन सफल नेपाः डान्स एकेडेमीले भरत नाट्यममा प्रशिक्षण लिइरहेका ५० भन्दा बढी प्रशिक्षार्र्थीहरुलाई शुक्रबार नेपाः ब्याँकेटको डबलीमा उतारेको छ ।

एन.डि.ए क्लासिकल नाइटमा पहिलो पटक नेपालमा लोपोन्मुख चर्या नृत्य ‘बज्र सरस्वती' यज्ञमान पति बज्राचार्यको निर्देशनमा चर्चित कोरियोग्राफर रोहिया महर्जन तथा रीना महर्जनले सुन्दर ढङमा प्रस्तुत गरेको थियो ।

नेपाल संगीत तथ नाट्य प्रतिस्थानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमा उदयीमान नृत्याङ्गना श्रृस्टि महर्जन लगाएतले भरत नाट्यममा आ आफ्नो प्रस्तुति दिएको इभेन्ट म्यानेजर रीना महर्जनले बताइन् ।

नेपाः डान्स एकेडेमीका अधक्ष्य रोहिया महर्जनका अनुसार भरत नाट्यममा नृत्य प्रशिक्षक सन्तोष राठीसित एक महिना लामो प्रशिक्षण पश्चात प्रशिक्षार्र्थीहरुलाइ डबलीमा उतार्न सफल भएको थियो ।

एन.डि.ए. कीड्स मेगा डान्स रियालिटी शो का प्रस्तोता यज्यू श्रेष्ठले कार्यक्रमलाई सिजन १ देखि नै रोचक ढंगले प्रस्तुत गर्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.