ड्राइभर दाइको फस्टलुक

ड्राइभर दाइको फस्टलुक

काठमाडौं: गाडी ड्राइभरको संघर्षलाई प्रस्तुत गरिएको चलचित्र ‘ड्राइभर दाइ'को फस्टलुक सार्वजनिक भएको छ।  बीएस बलामीको निर्देशनमा बनेको यस चलचित्रले ड्राइभर पेसाको परिभाषालाई बदल्ने निर्माण पक्षले दाबी गरेको छ।

‘धेरैजनाले गाडीको ड्राइभर भनेर उनीहरूलाई हेय भावले हेर्छन्, तर ड्राइभर राम्रो र सभ्य काम गर्ने मानिस हो भन्ने कुरा चलचित्रमा देखाउन खोजेका छौं', निर्देशक बलामीले भने, ‘दर्शकले चलचित्रमा ड्राइभरको संघर्षसँगै उसको प्रेमलाई पनि हेर्न पाउनेछन् ।'

आगामी भदौ ३१ गतेबाट देशभर एकसाथ रिलिज हुने यस चलचित्रमा किशोर खतिवडा, सुष्मा केसी, प्रज्वल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतले अभिनय गरेका छन ।

राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको चलचित्रमा गेहेन्द्र वज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सहनिर्माता छन् ।

निर्देशक बलामीको कथा समेटिएको चलचित्रमा टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.