बसको ठक्करबाट बाइकमा सवार पति-पत्नीको मृत्यु

बसको ठक्करबाट बाइकमा सवार पति-पत्नीको मृत्यु

विराटनगरः इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बसको ठक्करबाट विराटनगरमा मंगलबार दिउँसो दुई जनाको मृत्यु भएको छ । बसको ठक्करबाट मृत्यु हुने पति-पत्नी भएको प्रहरीले जानकारी दिएको छ ।

को १ ख ४३२६ नम्बरको बसले ठक्करले विपरित दिशातर्फ जाँदै गरेको को २५ प ३९३९ नम्बरको मोटरसाइकलका चालक मोरङको तेतरिया ३ का ४० वर्षीय तुलाराम थारु र उनकी पत्नी ४० वर्षीय सीताकुमारी चौधरीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

विराटनगर ५ खार्जी चौकमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको  उपचारका क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।
    
तुलारामको दिउँसो १:३० बजे र सीताकुमारीको दिउँसो २:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, झापाको दमकबाट यात्रु लिएर पाँचथरको पञ्चमी बजारतर्फ जाँदै गरेको बलेरो जीप मोरङको याङ्शीलामा मंगलबार दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

गम्भीर अवस्थाका पाँचथरको करुम्वा १ की जानुका सेन्चुरी, करुणा लावती र राजेन्द्र लिम्बूलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ होम ल्याइएको डीएसपी थापाले बताए ।

थापाका अनुसार १३ जना यात्रु बोकेर पाँचथरतफै जाँदै गरेको मे १ ज १२२९ नम्बरको जीप याङ्शीला ९ स्थित लेटाङ-बुधबारे सडक खण्डमा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलिसकेको छैन ।

दुर्घटनामा परेका मध्ये पाँचथर कुरुम्बा १ का अजय सेन्चुरी, कुशल राई, लिम्बा-८ का समटा तामाङ, इलाम साक्फारा ७ की सुमित्रा राई, ईभाङकी कमला राई, झापा दमक १ की सानु लिम्बु र धुलाबारी ३ का चैतु राजवंशीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको विराट नर्सिङ होम र झापाको दमक स्थित नमस्ते हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको जीप नियन्त्रणमा लिए पनि चालक फरार रछन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.