माइक्रोम्याक्सले ल्यायो ६ भाषामा बोल्ने स्मार्टफोन

माइक्रोम्याक्सले ल्यायो ६ भाषामा बोल्ने स्मार्टफोन

काठमाडौं: माइक्रोम्याक्सले युनाइट सिरिजको दुई नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ। उसले युनाइट ४ र युनाइट ४ प्रो सार्वजनिक गरेको हो।

युनाइट ४ को मूल्य ११ हजार २ सय तीन र युनाइट ४ प्रोको मूल्य १२,००३ रुपैयाँमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।
यसलाई अफलाइन स्टोरबाट साथै स्न्यापडिलबाट पनि खरिद गर्न सकिने छ।

खास कुरा यो छ की यो कम्पनी स्मार्टफोन हुनेछ जसमा इन्डस अपरेटिङ सिस्टम 2.० दिइएको छ। यसमा १२ क्षेत्रीय भाषाहरु समावेश गरिएको छ। यस्तै यसमा एप बजार र इन्डर टु एन्डस फ्री सर्भिस दिइनेछ। यसबाहेक उपभोक्ताले यो अपरेटिङ सिष्टममा ६ भाषा टेक्स र बोल्ने टेक्नोलोजीको महसुस गर्न सक्नेछन्।

यी दुई स्मार्टफोनमा दुई वटा सिम कार्ड सपोर्टका साथै फ्रंगरप्रिन्ट सेन्सर समेत जडान गरिएको छ। यसबाहेक यसमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ।

पाँच इन्चको एचडी स्क्रिन भएको यो समार्टफोनमा कमवेशी गर्ने स्पेसीफिकेशन राहिएको छ। यता, युनाइट ४ मा १ गिगाहर्ज क्वार्डकोड मिडियाटेक प्रोसेसरका साथमा एक जीबी र्याम समाहित छ।

 

यस्तै इन्टरनल स्टोरेजका लागि ८ जीबी मेमोरी राखिएको छ जसलाई माइक्रो एसडी कार्डमा ३२ जीबीसम्म बढाउन सकिन्छ। यसमा एन्ड्रोइडको नयाँ भर्सन मार्समेलोको मज्जा लिन सकिन्छ।

त्यसतै युनाइट ४ प्रोमा अलग्गै प्रोससर राखिएको छ। १.३ गिगाहर्ज क्वाडकोर स्पीडट्रम प्रोसेसर तथा २ जीबीभन्दा कम रहेको छ। यो फोनमा इन्टरनल मेमोरी १६ जीबीको रहेको छ।

माइक्रो एसडी कार्डको माध्यमबाट यसलाई ३२ जीबीसम्म बढाउन मिल्ने सुविधा समेत छ। यो सिरिजमा भने एन्ड्रोइडको ललीपप भर्न समावेश छ। कम्पनीले
छिट्टै मार्शमेलोको अपडेट गर्ने जनाएको छ। यसको ब्याट्री ३ हजार ९ सय एमएएच रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.