यसरी मनाइयो धान दिवस (फोटो फिचर)

यसरी मनाइयो धान दिवस (फोटो फिचर)

काठमाडौँ: काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा रोपाइँ गरी बुधबार १३ औँ राष्ट्रिय धान दिवस मनाइएको छ।

'व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार' नाराका साथ खाद्य संकट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न सुझाउँदै उक्त दिवस मनाइएको हो।

कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ। तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२÷७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ।

धान विज्ञ भोलामानसिंह बस्नेतले बिहानबेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने दाबी गरे।

 

 

सन् २०३० सम्म वार्षिक साढे छ लाख मेट्रिक टन धानको माग हुने भएकाले त्यसको आपूर्तिका लागि कम्तीमा पनि १६ प्रतिशत धान उत्पादनमा वृद्धि गर्नुपर्ने हुन्छ। पछिल्लो १० महिनामा नेपालले रु १८ अर्ब ८६ करोडको चामल आयात गरेको छ।

ललितपुरको सिद्धिपुरमा किसानहरुले धुमधामका साथ रोपाइँ गरेका छन्। उनीहरुले परम्परागत भेषभुषामा सजिएर रमाइलो गर्दै धान दिवस मनाएका हुन्।

यस्तै पर्यटकीय नगरी पोखरामा पनि हर्षोल्लासका साथ धान दिवस मनाइएको छ। पर्यटकहरुले समेत हिलो छयापाछ्याप गरेर रमाइलो मान्दै धान दिवस मनाएका छन्।

धान दिवसको अवसरमा काठमाडौंबाट फोटो पत्रकार उमा विष्ट र पोखराबाट कृष्णमणि बरालले खिचेका तस्बिरहरु हेर्नुस्।

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.