च्याउ खाँदा आमाको मृत्यु,तीन छोराछोरीसहित ६ बिरामी

च्याउ खाँदा आमाको मृत्यु,तीन छोराछोरीसहित ६ बिरामी

दोलखा: बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ।

मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । आमासँगै विषालु च्याउ खाएर गम्भीर बिरामी परेका १७ वर्षीया छोरी अनिता तामाङ, १४ वर्षीय छोरा काले तामाङ र नौ वर्षीया छोरी सानुकान्छी तामाङ भने बेहोस अवस्थामा रहेको कालिञ्चोकबाट स्थानीय ग्लाबो तामाङले जानकारी दिए।

च्याउ खाएकै कारण सोही स्थानका अन्य तीन जना पाख्रिन परिवार पनि बिरामी परेका थिए । उनीहरुलाई भने घरेलु उपचारपछि सामान्य अवस्थामा फर्काइएको बताइएको छ। फूलमायाका छ जना छोराछोरीमध्ये एक जना विदेशमा रहेको र अरु दुई जना भैँसी गोठमा जङ्गलमा बुबासँग बसेका कारण उनीहरुलाई केही नभएको बताइएको छ।

जङ्गली विषालु च्याउ खाँदा आमालाई सुरुमा मानसिक समस्या देखिएको र पछि उनी खोलामा लडेर मरिरहेको अवस्थामा भेटेको स्थानीयवासीले बताएका छन्। एकै परिवारका चार जनाले खाएको च्याउले आमाको ज्यान लिएको छ भने छोरोछोरी बेहोस अवस्था रहेकाले उपचारका लागि चरिकोट ल्याउन लागिएको बताइएको छ। घटनास्थलतर्फ प्रहरी गएको छ।

घटनास्थलतर्फ प्रहरी गए पनि वर्षा तथा टाढा भएका कारण प्रहरीले आधिकारिक जानकारी दिन नसकेको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए। घटना च्याउ खाएर नै होकि होइन भन्ने प्रहरीले आवश्यक अनुसन्धानबाट पत्ता लगाउने बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.