छोराबुहारीको कचकच सहन नसक्दा आमाबाबुले बिष खाए

छोराबुहारीको कचकच सहन नसक्दा आमाबाबुले बिष खाए

डडेल्धुराः डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले छोराबुहारीको कचकच सकन नसकेको भन्दै विष सेवन गरेका छन् । सँगै विष सेवन गरेका दम्पत्ती मध्ये श्रीमतीको मृत्यु भएको छ ।

छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ ।

विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ ।

घरमा छोराबुहारीसँगको मनमुटावपछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छोराबुहारीले सधैँ मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुले मुसा मार्ने आषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफाँटका प्रहरी नायब निरीक्षक करवीर ऐरले जानकारी दिए ।

पछिल्लो समयमा डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.