यस्ता पनि अधिकारकर्मी: बलात्कृत महिलासँग मुस्काउँदै सेल्फी

यस्ता पनि अधिकारकर्मी: बलात्कृत महिलासँग मुस्काउँदै सेल्फी

एजेन्सी: महिला आयोगकी एक सदस्यले बलात्कृत महिलासँग मुस्कुराउँदै सेल्फी लिएपछि विवाद शुरु भएको छ ।

भारतको राजस्थानस्थित जयपुरमा बलात्कृतसँग मुस्कुराउँदै सेल्फी खिचेपछि राज्य महिला आयोगकी अध्यक्ष सुमन शर्माले आयोगकी सदस्य सौम्या गुर्जरसँग स्पष्टिकरण सोधेकी छन् ।

सौम्या गुर्जरले लिएको यो सेल्फी बलात्कृत महिलालाई भेट्न उनी जयपुर उत्तरको महिला पुलिस ठानामा पुगेका बेला लिइएको हो ।

दुईवटा तस्बिरमा आयोगकी सदस्य गुर्जरलाई मुस्कुराउँदै सेल्फी लिँदै गरेको देख्न सकिन्छ । दुबै सेल्फी अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

यी तस्बिरमा आयोगकी सदस्य सौम्या गुर्जरसँगै आयोगकी अध्यक्ष सुमन शर्मा पनि देखिएकी छन् ।

आयोगकी अध्यक्ष सुमन शर्मासँग यसबारेमा पत्रकारहरुले सोधखोज गर्दा जब उनी पीडितसँग कुरा गरिरहेकी थिइन् त्यहीबेला आयोगकी सदस्यले सेल्फी लिएको बताएकी छन् ।

 

'मलाई यसबारेमा केही थाहा छैन । यस्तो हर्कत जसले गरेपनि समर्थन गर्न सकिन्न', उनले भनेकी छन् 'मैले आयोगकी सदस्यसँग यसबारेमा स्पष्टिकरण सोधेकी छु । सेल्फी लिने सौम्यलाई आयोगले सफाई दिन आदेश दिइसकेको छ।

सामाजिक सञ्जालमा भाइरल भएका यी सेल्फीमा गुर्जरले मोबाइल पक्रेकी छन् भने अध्यक्ष शर्मा सेल्फी खिच्न खोजिएकी पीडित महिलाका लागि पोज बनाउँदै गरेको अवस्थाम देखिएकी छन् ।

समाचार अनुसार पीडित महिलाका परिवारले दाइजोमा ५१ हजार नदिएपछि उनका पति र जेठाजुसहितले बलात्कार गरेका थिए भने हात र निधारमा अपशब्दसहितको टाटु लेखाइदिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.