एमरुपैयाँ मोबाइल वित्तीय प्रणाली सञ्चालनमा आउने

एमरुपैयाँ मोबाइल वित्तीय प्रणाली सञ्चालनमा आउने

काठमाडौं: प्रभु टेक्नोलोजी प्रालि र हुवावे टेक्नोलोजी नेपाल कम्पनी प्रालिको संयुक्त पहलमा बहुउपयोगी ‘एमरुपैयाँ' मोबाइल वित्तीय प्रणाली सञ्चालनमा आउने भएको छ।

करिब ६० प्रतिशत नेपाली बैंकिङ पहुँचबाहिरै रहेको यथार्थलाई मध्यनजर गर्दे उनीहरूलाई पनि सहज र सरल रूपमा वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ ‘एमरुपैयाँ' सञ्चालनमा ल्याउन लागिएको कम्पनीले जनाएको छ।

यसबाट बैंकिङ कारोबारको पहुँचबाहिर रहेका विशेष गरी ग्रामीण क्षेत्रमा रहेका उपभोक्ताले नगद जम्मा गर्न, झिक्न, स्थानान्तरण, रेमिट्यान्स सेवालगायतका व्यापारिक कारोबारको लागि तत्काल भुक्तानी गर्न सक्नेछन्।

यो सेवाका लागि नेपालभर ६ हजारभन्दा बढी एजेन्टको सञ्जाल रहने कम्पनीले जनाएको छ।

बैंकिङ सेवाको पहुँचबाहिर रहेका उपभोक्तालाई सरल र सहज रूपमा वित्तीय सेवा उपलब्ध गराई उनीहरूको जीवनस्तर माथि उकास्न यो सेवाले सहयोग पुर्‍याउनुका साथै देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.