टर्किस एअरलाइन्सद्वारा समवेदना व्यक्त
![टर्किस एअरलाइन्सद्वारा समवेदना व्यक्त](https://annapurnapost.prixacdn.net/media/albums/5774ff2ed577c0.85845754_oKZX2FHwrh.jpg)
काठमाडौं: टर्किस एअरलाइन्सले बुधबार टर्कीको अतातुर्क अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सांघातिक हमलामा मारिएकाका परिवार र घाइतेप्रति समवेदना प्रकट गरेको छ।
कम्पनीले आफ्ना यात्रुको सुरक्षा नै सबैभन्दा ठूलो र महत्वपूर्ण जिम्मेवारी भएकाले त्यहाँ भएको घटनाको निरन्तर अनुगमन भइरहेको जनाएको छ।
साथै कम्पनीले विश्वभर उडिरहेका आफ्नो विमानको बारेमा यात्रुमार्फत जानकारी संकलन गरिरहेको जनाएको छ।
टर्किस एअरलाइन्स र घटनाको बारे टर्किस एअरलाइन्सको वेबसाइटमा गएर जानकारी लिन सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)