सुदूरपश्चिममा भारी वर्षा, पहिरोमा पुरिएर दुईको मृत्यु

सुदूरपश्चिममा भारी वर्षा, पहिरोमा पुरिएर दुईको मृत्यु

धनगढी: सुदूरपश्चिममा भएको भारी वर्षाका कारण पहिरोमा परी दार्चुला र बैतडीमा दुई जनाको ज्यान गएको छ भने एकजना वेपत्ता भएका छन्।

दार्चुलाको मालिकार्जुन गाविस ८ का शेरसिह धामीकी २५ वर्षिया श्रीमती बसन्ती धामीको पहिरोमा परि ज्यान गएको सुदूरपश्चिम क्षेत्रका डिआईजी विजयराज भट्टले जानकारी दिए।

शेरसिहको घर पुर्ण रुपमा पहिरोले क्षतीग्रस्त भएको छ।घरका गाई भैंसी सहितका वस्तुभाउ पनि मरेका छन।प्रहरी चौकी मालिकार्जुनबाट प्रहरी सहायक निरिक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ गईसकेको डिआईजी भट्टले बताए।

यस्तै बैतडीको सर्मौली गाविस वडा नं. ४ का पनि पहिरोमा परि शिबदत्त पन्तका बृद्ध बुवा चन्द्रदेव पन्तको ज्यान गएको प्रहरीले जनाएको छ।मौसम पुर्वानुमान महाशाखाले गरेको भविष्णबाणी अनुसार विहीबार राती देखि सुदूरपश्चिमभरी भारी वर्षा भईरहेको छ।

दार्चुलाकै अपि नगरपालिका वडा नं-१७ काँकडा की ६५ वर्षिया भावरथी महर बेपत्ता भएकी छन्।उनको घर पहिरोले पुरेको प्रहरीले जनाएको छ।
दार्चुलाको मालिकार्जुन गाविस वडा नम्बर ८ मुसेकाँडाका पदम सिंह धामीको घर पनि पहिरोले बगाएको छ।

पहिरो गएका स्थानमा प्रहरी चौकीबाट गएको टोली, रेडक्रस र स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ।पहिरोका कारण मालिकार्जुन गाविस वडा नम्बर ८ कै करविर राम टमटाको गाई बस्तु पनि मरेका छन।

त्यसैगरी सोही ठाउँका गजीराम टमटा र गणेश सिंह धामीको घरमा पनि क्षती भएको छ।दार्चलाकै भगवती गाविस वडानम्बर ५ मा रहेको सरस्वती मावि सेलिचामाको ६ कोठे विद्यालय भवन बगाएको छ।

बैतडी र दार्चुलाकाको बांगाबगडमा पहिरो गएपछि बैतडी-दार्चुलाको राजमार्ग अवरुद्ध भएको डिआईजी भट्टले जानकारी दिनुभयो।बैतडी र दार्चुलाका धेरै ठाउँमा पहिरो आएर घर पुरिएका खबरहरु आएको र त्यहाँ केही वेपत्ता भएको खबरहरु आएपछि प्रहरी पुगिरहेको डिआईजी भट्टले बताए।

विहीबार देखि परिरहेको अविरल वर्षाका कारण महाकाली, कर्णाली र सेती नदीको बहाव उच्च बिन्दुमा पुगेको छ।मौसम पूर्वानुमान महाशाखाले नदी आसपासका जनतालाई सुरक्षित ठाउँमा जान आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.