माथिबाट खसेको ढुंगाले मुग्लिन सडक अबरुद्ध

 माथिबाट खसेको ढुंगाले मुग्लिन सडक अबरुद्ध

रत्ननगर: चितवनको चन्डिभञ्याङ-९ स्थित पाँच किलो भन्ने स्थानमा माथिबाट खसेको ठूलो ढुङ्गोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ।

भारी वर्षासँगै खसेको ढुङ्गा सडकमा तेर्सिंदा आज बिहान ५:५० बजेदेखि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

सो क्षेत्रमा ढुङ्गा खसेको र अन्य ठाउँठाउँमा पहिरो खसेकाले अहिले मुग्लिन र नारायणगढबाट दुईवटा डोजर तथा लोडरसहित प्रहरी पठाइएको छ। वर्षा जारी रहेकाले पहिरो पुनः खस्ने डर रहेको जनाइएको छ।

सडक बन्द हुँदा उक्त खण्डमा गाडीको लामो लाइन लागेको छ। केही दिनअघि पहिरोले यहाँ एउटा कार नै पुरेको थियो। गाडी रोकिँदा पहिरोले गाडी नै पुर्ने जोखिमसमेत बढ्दोछ।

सामान्य पानी पर्दासमेत सो क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएकाले वैकल्पिक मार्ग अपनाउन चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले सबैमा आग्रह गर्नुभएको छ। नारायणगढ -मुग्लिन सडक आयोजनाले पनि केही लामो भए पनि बर्सातको समयमा वैकल्पिक मार्ग अपनाउन अपिल गरेको छ।

आयोजनाले सडक विस्तारका लागि विभिन्न क्षेत्रमा खनेकाले सोही क्षेत्रमा पानी पर्दा पहिरो खस्दै आएको छ। दैनिक सात हजारभन्दा बढी सवारी चल्ने सो सडकखण्ड बन्द हुँदा चितवनबाट काठमाडौँ, पोखरा क्षेत्र जाने आउने सवारी पूर्णरुपमा रोकिन्छन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.