मुलुकभर भारी वर्षा, जनजीवन अस्तव्यस्त

मुलुकभर भारी वर्षा, जनजीवन अस्तव्यस्त

काठमाडौँ:  बिहीबारदेखि मनसुन सक्रिय भएपछि भारी वर्षा सुरु भएको छ।

बङ्गालको खाडीबाट प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा कारण मुलुकभर वर्षा सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसले गर्दा मुलुकभर अधिकांश स्थानमा हल्कादेखि सामान्य वर्षा भई पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाले जनाएको छ।

सक्रिय मनसुनका कारण आज दिनभरी वर्षा हुने र अझै केही दिनसम्म वर्षा जारी रहने महाशाखाका वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए।

भारी वर्षासँगै कृषकहरु समयमै रोपाइँ हुने आशाले हर्षित देखिएका छन् रोपाइँ सुरु भएको छ।

यद्यपि भारी वर्षाले १५ महिनादेखि पाल र अस्थायी टहरामा दिन गुजारीरहेका भूकम्मपीडित जनता भने थप पीडामा पर्नुका साथै पहिरो उच्च जोखिममा परेका छन्।

सक्रिय मनसुनका कारण मौसमका खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएका छन्।

त्रिभुवन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने अन्तर्राष्ट्रिय विमान अवतरण गर्न नसकेपछि अन्यत्रै मोडिएको विमानस्थलले जनाएको छ।
 
भारी वर्षासँगै मुलुकभर सडक यातायातमा अवरुद्ध हुनुका साथै बाढी पहिरोले सयौँ जनता प्रभावित भएको खबर प्राप्त भएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.