‘माओवादीसँग मिलेर एमालेलाई देखाइदिने सोच कांग्रेसले त्यागे हुन्छ’
बनेपाः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व लिन आफूलाई कुनै हतारो नभएको बताएका छन्।
काभ्रेको उग्रचण्डी नाला आयोजित शहिद गेट उद्धघाटन कार्यक्रममा बोल्दै दाहालले जसको नाममा भएपनि सहमतीय सरकार बन्नुपर्नेमा जोड दिए।
‘अहिले राष्ट्रिय सहमतिको आवश्यकता हो, जसको नेतृत्वमा भएपनि राष्ट्रिय सरकार बने हुन्छ’, उनले भने, ‘केपी ओलीजीको नेतृत्वमा बने झन् बेटर, देउवाको नेतृत्वमा बनेपनि हुन्छ, शान्ति प्रकृया पुरा हुने हिसाबले मेरो नाममा सहमति भएपनि नेतृत्व लिन तयार छु।’
उनले मुद्दा मिल्नेस“ग सहकार्य गरेर राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा जोड दिए। ‘मलाई सरकारको नेतृत्व गर्न हतार छैन’, उनले भने, ‘सरकार परिवर्तनको विषयलाई हल्कारुपमा नलिइ माओवादीस“ग मिलेर एमालेलाई देखाइदिने सोच कांग्रेसले त्यागे हुन्छ।’
संविधान जारी भएलगत्तै एमालेलाई प्रधानमन्त्री र कांग्रेसलाई राष्ट्रपति दिने गरी माओवादीले त्याग गर्न खोजेको चर्चा गर्दै उनले त्यसो नगरेर गल्ती भएको
बताए।
भूकम्पपीडितको पक्षमा एक प्रतिशत पनि काम नभएको भन्दै उनले भुकम्पपीडितको पक्षमा काम गर्न पनि राष्ट्रिय सहमति आवश्यक भएकोमा जोड दिए।
प्रतिक्रिया दिनुहोस !