उद्यमशीलता शिखर सम्मेलनका सहभागीले अनुभव सुनाए

  उद्यमशीलता शिखर सम्मेलनका सहभागीले अनुभव सुनाए

काठमाडौं: 'कम्पनी खोल्नुभन्दा परिवर्तन ल्याउन सक्नु उद्यमशीलता हो।' अमेरिकाको क्यालिफोर्निया पालो आल्टोमा आयोजित विश्व उद्यमशीलता शिखर सम्मेलन २०१६ मा सहभागी भएर आएका नेपाली युवा उद्यमी भुवनराज आचार्यले सिकेको पाठ हो यो।

आचार्य माई सप एसिया प्रालिका कार्यकारी निर्देशक हुन् । सम्मेलनमा सहभागी हुँदाको अनुभव सुनाउने क्रममा उनले नेपालमा कम्पनी खोली सफल बन्नुलाई नै उद्यमीको रूपमा हेरिने गरेको बताए । 'हामीमा भएको यो सोच अन्त्य गरेर देशमा परिवर्तनलाई बढी प्राथामिकता दिनुपर्छ', आचार्यले थपे।

गत असार ८ देखि १० गतेसम्म आयोजना भएको विश्व उद्यमशीलता शिखर सम्मेलनमा अमेरिकी दूतावासको सहयोगमा नेपालबाट आठ युवा उद्यमी सहभागी भएका थिए । लगानीकर्ता, कार्यकारी अधिकृत, व्यवसायी अगुवालगायत विश्वभरका सात सयभन्दा बढी उद्यमी सहभागी रहेको उक्त सम्मेलनमा नेपालबाट एलिशा तुलाधर, भुवनराज आचार्य, डा. विशाल ढकाल, विश्वास ढकाल, इशु सुवेदी, राजेशलाल जोशी, सुमना श्रेष्ठ र टीकाराम पौडेल सहभागी थिए।

सम्मेलनमा सहभागी भएर नेपाल फर्किएका तुलाधर र आचार्यको अनुभव आदानप्रदानका लागि बुधबार अमेरिकी दूतावासले पत्रकार सम्मेलन आयोजना गरेको थियो।पत्रकार सम्मेलनमा तुलाधरले विश्वका विभिन्न देशबाट सहभागी भएका उदद्यमीबीच आफूलाई पाउनु एउटा ठूलो अवसर भएको बताइन्।

 गत असार ८ देखि १० गतेसम्म भएको उद्यमशीलता शिखर सम्मेलनमा अमेरिकी दूतावासको सहयोगमा नेपालबाट एलिशा तुलाधर, भुवनराज आचार्य, डा. विशाल ढकाल, विश्वास ढकाल, इशु सुवेदी, राजेशलाल जोशी, सुमना श्रेष्ठ र टीकाराम पौडेल सहभागी थिए। 

तुलाधर माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालमा इन्टरप्रेनर लिडका रूपमा कार्यरत छिन्। उनले नेपालमा युवा उद्यमीले उद्योगको विकास गरी रोजगारको अवसर सिर्जना गर्न सक्नुपर्ने बताइन् । 'सम्मेलनमा सहभागी भएर आएका कुरा अबका दिनमा नेपालको परिवेशमा लागू गर्न लागि पर्छु', तुलाधरले थपिन्।

 

अमेरिकी राष्ट्रपति बाराक ओबामालाई १० देखि १५ मिटरबाट सुन्न पाउनु ठूलो अवसर हो। कार्यक्रममा ओबामाले नेपालबाट सम्मेलनमा सहभागी भएकी सुमना श्रेष्ठको कामको सम्मान गरेका थिए।

श्रेष्ठले भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा प्रविधि प्रयोग गरी दुर्गम स्थानमा औषधि पुर्याउने काम गरेकी थिइन् । उनको यो कदमको ओबामाले सम्मेलनमा प्रशंसा गर्दै उनको नाम लिएका थिए।

आफ्नो अनुभव सुनाउने क्रममा आचार्यले नेपालमै रोजगारी अवसर प्रदान गर्न सक्ने, गरिबीको रेखामुनि भएका मानिसको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने उद्यमी नेपालको परिवेशमा आवश्यक रहेको बताए।

उनले नेपालका उद्योगको विकासका लागि उपयुक्त कानुन निर्माण आवश्यक रहेको बताए । नेपालको उद्योग क्षेत्र नीतिगत रूपमा विकास हुन नसकेको भन्दै आचार्यले नीति निर्माणका लागि निजी क्षेत्रबाट कदम चाल्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.