देउवाले भने- दहाल नेतृत्वको सरकार गठन गर्न कांग्रेसले सहयोग गर्दैन
काठमाडौं: कांग्रेसले सत्ताको मुख्य घटक माओवादी केन्द्रले राखेको सहमतिय सरकार गठनको प्रस्ताव अस्विकार गरेको छ ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा आफुलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई कांग्रेस सभापति शेरबहादुर देउवाले सहमतिय सरकार गठनको सम्भावना नभएको भन्दै दहालको प्रस्ताव अस्विकार गरेका हुन्।
दहालले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको लागि समर्थन गर्न देउवालार्इ प्रस्ताव राखेका थिए ।‘प्रचण्डजीले राष्ट्रिय सहमतिय सरकार गठनका लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको थियो, मैले त्यो सम्भव छैन भन्ने जवाफ दिए' दाहालसँगको एक्ला एलै भेटपछि देउवाले अन्नपूर्णसँग भने, ‘केपी ओलीले पनि मेरो सरकारमा आउनुस सहमतिय सरकार गठन गरौ भनेका थिए उहाँलाई पनि मैले त्यस्तो सरकार सम्भव छैन भनेको थिए, केपी ओलीसँग हाम्रो कुनै दुश्मनी छैन ।'
कांग्रेसले संविधान जारी भएदेखि नै सहमतिय सरकार गठन गर्न सम्भव नहुने भन्दै बहुमतिय सरकार गठनमा अघि बढ्नु पर्ने धारणा राख्दै आएको छ । यसअघि ओली नेतृत्वको सरकार गठनका बेला पनि कांग्रेसले तत्कालिन दलका नेता एवं पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदबार बनाएर प्रतिस्पर्धा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !