अब हामी सरकार बनाउछौँ: महरा

अब हामी सरकार बनाउछौँ: महरा

काठमाडौँ: एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएलगत्तै माओवादी केन्द्रले सरकार बनाउने भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिए लगत्तै कुरा गर्दै माओवादी नेता कृष्णबहादुर महराले भने, ‘अब हामी सरकार बनाउछौँ।'

महराले कांग्रेसले माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने विश्वास लिएको समेत बताए। यस विषयमा छलफल हुन बाँकी नै भए पनि कांग्रेसले समर्थन गर्नेमा आफूहरु विश्वास्त रहेको महराको भनाइ छ।

महराले भने, ‘कांग्रेसँग छलफल हुन सकेको छैन तर कांग्रेसले माओवादी नेतृत्वको सरकारलाई साथ दिन्छ। यो विषयमा अब कांग्रेससँग छलफल हुन्छ।'

महराले ओली नेतृत्वको सरकारले मधेस आन्दोलन, भूकम्पपछिको पुननिर्माणको विषयमा सोचेजस्तो काम गर्न नसकेको समेत आरोप लगाए।

माओवादीसँग भएका सम्झौता कार्यान्वयन नभएपछि माओवादी सरकारबाट बाहिरिएको महराले बताए।

‘सहमति कार्यान्वयन नभएपछि हामी सरकारबाट अलग हुन बाध्य भयौँ,' महराले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.