'प्रधानमन्त्री ओली नैतिक संकटमा'

'प्रधानमन्त्री ओली नैतिक संकटमा'

काठमाडौँ: माओवादी केन्द्र र नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव व्यवस्थापिका संसद सचिवालयमा दर्ता गराएपछि प्रधानमन्त्री केपी शर्मा ओली नैतिक संकटमा परेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस सचेतक चीनकाजी श्रेष्ठले भने, ‘ओली नेतृत्वको वर्तमान सरकार नैतिक संकटमा परेको छ । अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।'

त्यस्तै, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिइ नयाँ सरकार गठनको बाटो खोल्नुपर्ने बताए ।

पाण्डेले भने, ‘अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले नयाँ सरकारको गठनका लागि बाटो खोल्दै राजीनामा दिनुपर्छ ।'

व्यवस्थापिका संसदको सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावको प्रस्तावकमा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'र समर्थनमा कांग्रेसका सभापति एवम् प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा रहेका छन् ।

बुधबार दिउँसो ३ बजे संसद सचिवालयमा पुगेका कांग्रेस र माओवादीका प्रमुख सचेतकले महासचिव मनोहरप्रसद भट्टराई समक्ष अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिए ओलीलाई सरकारबाट हटाउन सातदिनपछि मात्र व्यवस्थापिका संसदमा प्रक्रिया सुरु हुने व्यवस्थापिका-संसदको नियमावली २०७३मा रहेको छ ।






प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.