बेलायतमा क्यामरुन बाहिरिए, मे नयाँ प्रधानमन्त्री

बेलायतमा क्यामरुन बाहिरिए, मे नयाँ प्रधानमन्त्री

लन्डन: बेलायतमा कन्जरभेटिभ पार्टीका नेता टेरेसा मेलाई महारानी एलिजावेथ द्वितीयाले नयाँ सरकार गठन गर्न आमन्त्रण गरेकी छन् । बुधबार दिउँसो प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा गरेलगत्तै टेरेसाले महारानी एलिजावेथ द्वितीयासँग बर्मिङ्घम दरबारमा भेटेकी थिइन् । महारानीले उनलाई तत्काल सरकार गठन गर्न भनेकी हुन् ।

युरोपेली संघबाट जनमत संग्रहमार्फत बेलायत बाहिरिने निर्णय गरेपछि क्यामरुनले राजीनामा दिने घोषणा गरेका थिए । मे बेलायतको युरोपेली संघबाट बहिर्गमनको समर्थक हुन् ।

क्यामरुनले आफ्नो उत्तराधिकारी मेलाई बेलायत युरोपेली संघ (ईयू) बाट बाहिरिए पनि ईयूसँग निकट र सुमधुर सम्बन्ध राख्न आग्रह गरेका छन् । प्रधानमन्त्रीको जिम्मेवारीबाट बाहिरिनुभन्दा केही घन्टापहिले सांसदहरूसँग बिदाइ सम्बोधन गर्दै बेलायती संसद् हाउस अफ कमन्समा क्यामरुनले भने, ‘मेरी उत्तराधिकारी एवं बेलायती कुशल मध्यस्थकर्तालाई मेरो सल्लाह छ, उहाँले बेलायतलाई ईयूबाट अलग गर्दैगर्दा पनि बेलायतको ईयूसँग रहेको सम्बन्ध सम्भव भएसम्म निकट रहने गरी गर्नुहुनेछ ।'

 

यसो गर्नु बेलायत र ईयू दुवैको व्यापार र सुरक्षा सहकार्यका लागि फाइदाजनक हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री क्यामरुनले बेलायती जनताले मुलुकलाई ईयूबाट अलग गर्ने पक्षमा मतदान गरेपछि दुई साताअघि नै प्रधानमन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए ।

उनले बुधबारै बेलायती महारानी एजिलाबेथ द्वितीयालाई प्यालेसमा भेटी आफ्नो राजीनामा बुझाएका छन् । उनको राजीनामापछि बेलायती महारानीले प्रधानमन्त्रीको कार्यभार पूर्वगृहमन्त्री मेलाई सुम्पिएकी छन् । उनान्साठी वर्षीया मेले बेलायती ‘आइरन लेडी' मार्गरेट थ्याचरपछि लेबर पार्टीकै तर्फबाट बेलायत सरकारको नेतृत्व गरेकी हुन् । उनी बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री हुन् ।

मे प्रधानमन्त्रीमा आएसँगै उनका सामु बेलायतलाई ईयूबाट अलग गराउने कठिन पहलका लागि चुनौती सामना गर्नुपर्नेछ । ईयू नेताहरूले नयाँ नेतृत्वमा आएसँगै मेले छरितो कदम अगाडि बढाउँदै बेलायतलाई ईयूसँग सदस्य राष्ट्रका नाताले रहिआएका संयुक्त क्रियाकलापबाट अलग नगरी ब्रेक्जिटको निर्णयपछि ईयू र बेलायतबीच रहेको अनिश्चितता अन्त्य गर्न आग्रह गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.