नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको छः ओली

नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको छः ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमि नेपालले विश्वलाई शान्तिको पाठ सिकाएको बताएका छन्।

धर्मकीर्ति विहार नघलका अध्यक्ष भिक्षुणी धम्मवतीको ८३औँ जन्मोत्सवका अवसरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा उजले विश्वलाई शान्तिको सन्देश दिनुका साथै विश्व बान्धुत्व, भ्रातृत्व र मानव जातिको सर्वोपरी कल्याणको उपाय बुद्धले सिकाएको उल्लेख गरे।

उनले भने, ‘बुद्धले हामीलाई शान्तिको मार्गदर्शन गर्नुभएको छ। त्यसकारण हामीले उहाँको २५६०औँ जन्मजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेका हौँ जसले गर्दा बुद्धका सन्देश संसारभर फैलिन पुगेको छ।'

उनले नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्ध धर्म र दर्शनको स्रोत पनि भएको बताए। बुद्धले देखाएको मध्यम मार्ग र शान्तिको बाटो विश्वकै लागि प्रेरणादायी रहेको उनले स्पष्ट पारे।

लुम्बिनी विकासका लागि पर्याप्त बजेट छुट्याइएको उल्लेख गर्दै उनले त्यहाँको विकास छिटोछरितो रुपमा गर्न निर्देशन दिएको पनि बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीको विकास गर्न जापानी प्रोफेसर केन्जो ताङ्गेले पेस गरेको गुरुयोजना आगामी तीन वर्षभित्र पूरा गर्ने गरी कार्य अगाडि बढाइएको बताए।

उनले पाँच हजार व्यक्ति अटाउने हल निर्माण कार्य पनि अगाडि बढेको र एक वर्षभित्र निर्माण पूरा भइसक्ने जानकारी दिए।

विहारका अध्यक्ष भिक्षुणी धम्मवतीले सरकारले बुद्धपूर्णिमाको अवसरमा आयोजना गरेको बौद्ध सम्मेलनले विश्वभर बुद्ध धर्म र शान्तिको सन्देश फैलाउन मद्दत पुगेकामा खुसी व्यक्त गरे र त्यसका लागि प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई सधन्यवाद सम्मानपत्र प्रदान गरे।

सम्मानपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलले जन्मदिन अवसरमा भिक्षुणी धम्मवतीको सुस्वास्थ्य र दीर्घायुको कामना गरे। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.