‘मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा खुशी छौँ'

‘मधेसी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा खुशी छौँ'

काठमाडौँ: संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले मोर्चा प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ केपी शर्मा ओली नेतृत्वको सरकार ढल्नैपर्ने थियो, हामी ओलीको विपक्षमा मत हाल्छौँ।'
‘मधेशी मर्दा आँप झर्यो भन्ने सरकार ढल्दा मधेस यतिबेला खुशी छ', कर्णले भने, ‘म भर्खरै मधेशबाट आएको छु । सरकार ढलेकोमा मधेसीहरु खुशीयाली मनाइरहका छन् ।'

कांग्रेस–माओवादी केन्द्रको गठबन्धनमा बन्ने सरकारमा मधेशी मोर्चा सहभागी हुन्छ कि हुँदैन भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘हामी राजनीतकर्मी हौँ, हामी मन्दिरमा पूजा गर्न आएका जोगी होइनौँ ।'

उनले थपे, ‘सन्यासी भएर बसिरहन हामीले राजनीति गरेकै होइन । संविधानमा हाम्रो अधिकार सुनिश्चित भएको भोलिपल्टै हामी सरकारमा जान्छौँ ।'
यद्धपी उनले कांग्रेस र माओवादीसँग अहिले पनि मधेशी मोर्चाको पूर्ण विश्वास नभएको टिप्पणी गरे । उनले थपे,‘उनीहरुले हाम्रो काम गरेपछि मात्र भोट दिन्छौँ र सरकारमा पनि जान्छौं ।'

कर्णले ओलीविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेस-माओवादीलाई साथ दिने र नयाँ प्रधानमन्त्री बनाउन संसदमा भोट हाल्ने समेत बताए ।  

कर्णले मधेशी मोर्चा लगायत आदिवासी, जनजाति, दलितका खोसिएका अधिकारलाई पुनःस्थापित नगरेसम्म सरकारमा सहभागी जनाउन नसकिने प्रष्ट पारे ।

साक्षात्कारमा ओलीको विरुद्धमा अविश्वासको प्रस्ताव पेश भइसकेकोले ओली अल्पमतको परेकाले नैतिकताको आधारले राजीनामा नदिनु संसदीय प्रक्रियाको बर्खिलाप भएको आरोप लगाए ।

उनले भने,‘ओलीले अविश्वासको प्रस्ताव फेश गर्छु भन्नु ठिकै हो, तर अविश्वासको प्रस्तावको पक्षमा स्पष्ट बहुमत देखिसकेको छ, अब ढिला नगरी राजीनामा दिनुपर्छ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.