माओवादीले बजेटसँग जोडिएका विधेयक पारित गर्न सहयोग नगर्ने

माओवादीले बजेटसँग जोडिएका विधेयक पारित गर्न सहयोग नगर्ने

काठमाडौं: नेकपा माओवादी केन्द्रले बजेटसँग जोडिएका विधेयक पारित गर्न सरकारलाई सहयोग नगर्ने भएको छ ।

शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रिय कार्यालयको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेकाले बजेटसँग जोडिएका विधेयक पारित गर्न आफूहरु तयार नरहने निर्णय गरेको हो ।

बैठकले बजेटसँग जोडिएका विधेयक तथा ऐन नयाँ सरकार गठन भएपछि मात्रै पार्टीले निर्णय गरेर अघि बढ्ने निष्कर्ष निकालेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारबाट आफूहरु बाहिरिएपछि सरकार पूर्णरुपमा अल्पमतमा परेको, सदनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता भइसकेको अवस्थामा सरकार पक्ष विधेयक अगाडि बढाउन नमिल्ने भएकाले नयाँ सरकार गठनपछि मात्रै प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन एवम् समग्र राजनीतिक विषयमा छलफल भएको थियो ।

बैठकमा नयाँ सरकार गठन, सरकारमा पार्टीको तर्फबाट अपनाउनुपर्ने नीतिलगायतका विषयमा समेत छलफल भएको भुसालले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.