फ्रान्समा हमला, ८४ को मृत्यु
![फ्रान्समा हमला, ८४ को मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/57888dc36fc653.46953229_tZQcbgEgwK.jpg)
एजेन्सीः फ्रान्समा भएको आतंकवादी हमलामा ८४ जनाको ज्यान गएको छ ।
फ्रान्सको दक्षिणी सहर नीसमा फ्रान्स कान्तिको एक महत्वपूर्ण दिनको सम्झनामा खुसियाली मनाईरहेका बेला हमला भएको बीबीसीले जनाएको छ ।
खुसीयाली मनाईरहेको कार्यक्रम स्थलमा एउटा ट्रक प्रवेश गराइएको थियो । उक्त ट्रक झन्डै दुई किलोमिटर कार्यक्रमस्थलमा गुडाइएको थियो ।
ट्रक चालकलाई प्रहरीले गोली प्रहार गरेको छ । गोली लागेका उनको घटनास्थलमै मृत्यु भएको छ । ट्रकमा बन्दुक तथा ग्रिनेट फेला परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)