'आर्थिक विधेयक पारित नभए गम्भीर संकट'

'आर्थिक विधेयक पारित नभए गम्भीर संकट'

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले बजेटसँग सम्बन्धित तीन विधेयक शुक्रबार पारित नभए गम्भीर आर्थिक संकट उत्पन्न हुने बताएका छन् ।

शुक्रबार एक बजे बोलाइएको संसद् बैठक पनि अवरुद्ध हुने अवस्था आएपछि अर्थमन्त्री पौडेलले सभामुख ओनसारी घर्तीमगरलाई भेटेर यस्तो भनाइ राखेका हुन्। विनियोजन विधेयक पारित भए पनि अहिलेसम्म आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक पारित भएका छैनन्।

गत मंगलबारको बैठको कार्यसूचीमा यी विधेयक राखिए पनि माअओवादी केन्द्र सरकारबाट बाहिरिएपछि बैठक नै सूचना टाँगेर स्थगित गरिएको थियो। अर्थमन्त्री पौडेलले यी विधेयक पारित नहुँदा बजेटमा कार्यान्वयनमा गम्भीर समस्या आउने बताएका छन् । उनले स‌ंसद्ले जे निर्णय लिए पनि बैठक बसाउन सभामुखलाई आग्रह गरेका छन्।

सभामुखसँगको छलफलमा सहभागी एमाले सभासद् रेवतीरमण भण्डारीका अनुसार अर्थमन्त्रीले यस्तो आग्रह गरेपछि सभामुखले यसबारेमा आफूले दलका प्रतिनिधिहरुसँग छलफल गर्ने बताएकी थिइन् । अहिले सभामुखले विभिन्न दलका नेताहरुसँग परामर्श गरिरहेकी छिन् ।

नेकपा माओवादीले भने अल्पमतमा परेका ओलीले राजीनामा दिने भए मात्र बजेट पारित गर्न सघाउने अडान राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.