भारतमा घरेलु मदिरा सेवनबाट १७ को मृत्यु

भारतमा घरेलु मदिरा सेवनबाट १७ को मृत्यु

नयाँ दिल्लीः भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ।

उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा वान्ता हुने, पेट दुख्ने र दृष्टि धमिलो हुने लगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

उपचारको क्रममा केहीको मृत्यु भएको बताइएको छ भने १२ जना अस्पतालमा उपचाररत छन्, एक प्रहरीले आफ्नो नाम गोप्य राख्ने शर्तमा बताए। उपचाररत केहीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर (गम्भीर) रहेको बताइएको छ।

प्रहरी अधिकारीले एक स्थानीय मदिरा बिक्रेतमलाई उक्त अपराधमा दोषी भएको आरोपमा शनिबार अबेर पक्रउ गरी मुद्दा दायर गरेको छ।

मदिरा बिक्रताले आफ्नो अन्तिम ब्याचको उत्पादनमा रक्सी कडा पार्न बिषाक्त रसायन मिसाएको भनी स्थानीयले लगाएका आरोपपछि अनुसन्धान अघि बढाइएको छ।

पछिल्लो यस घटनालाई लिएर मुख्यमन्त्री अखिलेश यादवले इताह जिल्लाका पाँचजना कर्मचारी र दुई प्रहरी अधिकारीलाई जिम्मेवारी पूरा नगरेको आरोपमा निलम्बन गरेका छन्।
उनले घटनामा मृत्युभएका व्यक्तिका आफन्तजनलाई दुई लाख भारतीय रुपैंया राहत दिने घोषणा समेत गरे।

भारतमा हरेक बर्ष घरेलु रक्सी सेवनबाट सयौं मानिसको अकालमा मृत्यु हुने गर्छ।एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.