विवाहमा जनावरलाई भोजन, सडक बालबालिका आफन्त
![विवाहमा जनावरलाई भोजन, सडक बालबालिका आफन्त](https://annapurnapost.prixacdn.net/media/albums/578dedd21c09c7.67006372_xQbzgT4n0I.jpg)
एजेन्सीः भारतमा सबैभन्दा कम उमेरको बुबा भनेर चिचिने आदित्य तिवारी वैवाहिक बन्धनमा बाधिएका छन्।
उनले आफ्नो विवाह अरु भन्दा फरक तरिकाले गरेर समाजमा उदाहरणीय काम गरेका छन्। उनी पेशाले सफ्टवेयर इन्जिनियर हुन्।
उनले आफ्नो विवाहमा आफूले चिनेजानेका, आफन्तभन्दा अनाथलयका तथा सडक बालबालिकालाई निम्ता गरेका थिए।
उनले विवाहकै मौकामा जनावरहरुलाई समेत भोजनको व्यवस्था गरेका थिए। यतिमात्रै नभएर उनले विवाहको उपलक्ष्यमा रुख समेत रोपेका थिए।
उनले यही जनवरी महिनामा सडक बालकलाई धर्मपुत्र बनाएका थिए।
उक्त बालकलाई धर्म पुत्र बनाउँदा उनले निक्कै संघर्ष गर्नु परेको थियो। किनकी भारतीय कानुन अनुसार धर्मपुत्र बनाउन बाबुको उमेर कम्तिमा उमेर ३० वर्ष हनुपर्ने प्रावधान छ।
उनले बालकलाई धर्मपुत्र बनाउँदा लगभग एक वर्ष धेरै ठाउँमा कानूनी लडाइ लड्नु पर्यो।
उसले अक्टुबर २०१५मा धर्मपुत्र बनाउने उमेर घटाएर २५ वर्ष बनाएपछि मात्र उक्त बालकको बुवा बन्ने मौका पाए। उनले उक्त बालकको नाम अवनीश राखेका छन्।
उनको धर्मपुत्र अवनीश डाउन सिन्ड्रोम नामक रोगबाट पीडित छन् भने उनको मुटुमा समेत प्वाल परेको बताइएको छ। उनले भनेका छन्, ‘म यो बाललको बुवा भन्नु ठूलो मौका हो। यसलाई मैले अविस्मरणीय क्षण बनाउनको लागि आफ्नो विवाहमा बोलाएको थिए जुन अरु धेरै मानिसहरुलाई कम अवसर आउने गर्छ।'
आदित्यले आफ्नी श्रीमतीले पनि उसलाई आफूले दिएको औधी माया गर्ने दाबी गरेका छन्।
यता, उनको बुवा कैलाश तिवारीले पनि भनेका छन्, ‘अवनीश हाम्रो परिवारको सदस्य थियो र विरामीले सिकिस्त भए पनि उसको जीवन परिवर्तन हुँदै गएको थियो। तर अब आदित्यको परिवार पूरा भएको छ।यति मात्र होइन अब अवनीशले आमा समेत पाइसकेका छन्।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)