बोको हरामले कब्जामा राखेका करिब पचास हजार बालबालिका मृत्यु नजिक

बोको हरामले कब्जामा राखेका करिब पचास हजार बालबालिका मृत्यु नजिक

लागोस (नाइजेरिया) : बोको हरामले कब्जामा राखेका करिब पचास हजार बालबालिका मृत्यु नजिक रहेको प्रतिवेदन संयुक्त राष्ट्रसङ्घ बालबालिका कोष (युनिसेफ) ले सार्वजनिक गरेको छ।

उत्तरी नाइजेरियामा अतिवादी इस्लामिक समूहसँग आवद्ध बोको हराम समूहद्वारा नियन्त्रित इलाकामा बसोबास गर्ने करिब ४९ हजार बालबालिका कुपोषणका कारण जीवनमरणको सङ्घारमा रहेको युनिसेफले जनाएको छ ।

बोको हराम प्रभावित क्षेत्रको अध्ययनपश्चात युनिसेफ प्रतिनिधिले विभिन्न दाता तथा परोपकारी सङ्घसंस्थालाई सङ्कटमा रहेका बालबालिकाको उपचारमा तत्काल ध्यान पु¥याउन र दुःखद घटना हुनबाट बचाउन अनुरोध गरेका छन् ।

प्रभावित धेरैजसो बालबालिका यसैवर्ष विभिन्न बहुराष्ट्रिय शक्ति पुगी द्वन्द्वबाट पीडित भएका बालबालिकालाई उद्धार गरिएको ठाउँबाट टाढा भएका कारण उनीहरुको उद्धार हुन सकेको थिएन ।

युनिसेफका अफ्रिका क्षेत्रीय निर्देशक म्यानुयल फन्टेनका अनुसार उक्त क्षेत्रमा प्रतिदिन करिब १३४ बालबालिका कडा कुपोषणका कारण मृत्यु हुने गरेका छन् ।

सयौँ बालबालिकाको यस अघिदेखि नै कुपोषणको शिकार भएका कारण मृत्यु भइसकेको छ । चिकित्सकहरुले नाइजेरियाको बामा र यस वरपरका क्षेत्रमा दुःखद मानवीय सङ्कट रहेको बताउँदै यस क्षेत्रमा कुपोषणका कारण गएको जुनमा मात्रै २०० बालबालिकाको मृत्यु भएको बताएका छन् ।

नाइजेरियामा सात वर्ष लामो बोको हरामको विद्रोहका कारण २० हजार मानिसको द्वन्द्वमा मृत्यु भएको छ भने करिब २७ लाख मानिस विस्थापित हुँदा छिमेकी देशमा शरणार्थी जीवन बिताउन बाध्य छन् ।

बोको हराम समूहले सन् २०१५ देखि इस्लामिक स्टेट (आईएस) समूहलाई सघाउने प्रतिबद्धता जनाएपछि विस्थापित हुने क्रम झन बढ्दो छ ।

युनिसेफले यहाँको मानवीय सङ्कटमा सघाउन आवश्यक पर्ने रकमको आधा अर्थात् पाँच करोड ५५ लाख अमेरिकी डलरको सहायता नाइजेरियामा पाउने गरेको छ । अहिलेको आवश्यकता योभन्दा अझ बढी रहेको बताइएको छ । एजेन्सीहरु


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.