सभामुखको कार्यकक्षमा शीर्ष बैठक, सहमति जुटाउने अन्तिम प्रयास

सभामुखको कार्यकक्षमा शीर्ष बैठक, सहमति जुटाउने अन्तिम प्रयास

काठमाडौंः दलहरु सहमति कायम गराउन सक्रिय सभामुख ओनसरी घर्तीले बिहीबार प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् ।


बिहीबार ११ बजेका लागि बोलाइएको संसद बैठकमा सहमतिको वातावरण तयार गरी अविश्वासको प्रस्ताव प्रस्तुत गर्न सहजहोस् भनेर सभामुखले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्दैछिन् ।


आजको प्रमुख दलका शीर्ष नेताबीचको बैठकमा सहमति जुट्ने र संसद् सञ्चालनमा सहयोग हुने घर्तीको विश्वास रहेको उनका प्रेस सल्लाकार बबिन शर्माले जानकारी दिएका छन् ।


प्रमुख प्रतिपक्षी कांग्रेसको सहयोगमा माओवादी केन्द्र, मधेसी मोर्चालगायतका दलले प्रधानमन्त्री ओलीविरुद्ध असार २९ गते संसद् सचिवालयमा दर्ता गरेको अविश्वास प्रस्तावमाथि बिहीबार बस्ने संसद् बैठकबाट छलफल सुरु हुने भएको छ ।

प्रधानमन्त्री ओलीले भने संसद्मा अविश्वास प्रस्ताव दर्ता भइसकेकाले पदबाट राजीनामा नगरी प्रस्तावको सामना गर्ने अडान लिँदै आएका छन् ।

संविधानको धारा २९८ को उपधारा १३ मा संसद्का एक चौथाइ सांसदले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पाउने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.