रातारात मन्त्रिपरिषद् बैठक किन ?

रातारात मन्त्रिपरिषद् बैठक किन ?

काठमाडौँ: नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात मन्त्रिपरिषद् बैठक बोलाएर महत्वपूर्ण निर्णय गरेको भन्दै आपत्ति जनाएको छ।
 
कांग्रेस संसदीय दलको बिहीबारको बैठकमा कांग्रेस सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता भइसकेको अवस्थामा मन्त्रिपरिषद्ले महत्वपूर्ण निर्णय गरेको भन्दै  कांग्रेस सांसदले आपत्ति जनाएका हुन्।

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएको हो। बैठकपछि कुरा गर्दै कांग्रेस सांसद डा.प्रकाश शरण महतले भने, ‘प्रधानमन्त्रीले अल्पमतमा हुँदा पनि राजीनामा नगरेर रातारात मन्त्रीपरिषद बैठक डाकेर महत्वपूर्ण विषयमा निर्णय गर्नु गैरजिम्मेवारपूर्ण काम हो।'

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकलाई निरन्तरता दिदै आएका छन्।
महतले व्यवस्थापिका संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावलाई रोकेर बजेटआश्रित विधेयक पहिले पारित गर्नुपर्छ भन्ने सरकारको भनाईप्रति समेत आपत्ति जनाएको छ।

अविश्वासको प्रस्ताव पारित भएपछि मात्र उक्त विधेयकलाई अघि बढाउनुपर्ने निष्कर्ष कांग्रेस बैठकले गरेको  महतले जानकारी दिए।


संसदीय अभ्यास र प्रचलन अनुसारनै संसदको कार्यसूचीमा अविश्वासको प्रस्तावले प्राथमिकता पाउने निष्कर्षसमेत बैठकको निष्कर्ष छ।


संसदका आर्थिक विधेयकहरु पहिले अघि नबढाइए अवरोध गर्छु भन्ने सत्तापक्षको भनाईप्रति आपत्ति जनाउँदै कांग्रेसले संसदीय अभ्यास र परम्पराअनुरुप सरकार विरुद्धको अविश्वास प्रस्ताव पहिले अघि बढाउनुपर्ने बताएको छ।

बैठकले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा। गोविन्द केसीको राजनीतिक प्रकृतिका बाहेकका मागहरुलाई सम्बोधन गर्न सरकारले अनसन तोडाउनुपर्ने ध्यानाकर्षण समेत गराएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.