राजीनामा नदिनु ओलीको बालहठः लेखक

राजीनामा नदिनु ओलीको बालहठः लेखक

भक्तपुरः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिनु उनको बालहठ भएको बताएका छन् ।

३३ औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस भक्तपुरले बिहीबार आयोजना गरेको अविश्वासको प्रस्तावको सन्दर्भमा संवैधानिक व्यवस्था विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता लेखकले ओलीको राष्ट्रियता खोक्रो आदर्शमात्रै भएकोसमेत बताए ।

‘सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि राजीनामा नदिनु प्रधानमन्त्री ओलीको बालहठमात्रै हो’, उनले भने, ‘ओलीको यो कदम संविधान कार्यान्वयनमा भाँजो हाल्ने कार्य र सत्ता लम्ब्याउने चाल हो ।’

राष्ट्रियता हिटलर र नेपालका पूर्वराजा महेन्द्रसँग पनि भएको उल्लेख गर्दै नेता लेखकले हिटलरको राष्ट्रियताले विश्वलाई र महेन्द्रको राष्ट्रियताले नेपाललाई डुबाएजस्तै ओलीको राष्ट्रियता पनि खोक्रो आदर्शमात्रै भएको बताए ।

‘ओलीको राष्ट्रियता खोक्रो आदर्श मात्रै हो, जसले छिमेकीसँगको सम्बन्धलाई भताभुंग बनाइदियो’, उनले भने ।

नेता लेखकले एमालेले भनेजस्तो नयाँ सरकार गठनमा संविधानमा कुनै अन्योल र द्विविधा नभएको स्पष्ट पारे ।

संविधानमा संसदमा अविश्वासको प्रस्ताव पारित भए, राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले राजीनामा दिए र प्रधानमन्त्रीको मृत्यु भए नयाँ सरकार गठन हुने स्पष्ट व्यवस्था रहेको उनको भनाइ थियो ।

‘ओलीजीको स्वास्थ्य राम्रो छैन । यसबीच उहाँ फ्याट्ट मर्नुभयो भने के नेपालले कहिल्यै नयाँ प्रधानमन्त्री पाउँदैन ?’, उनको प्रश्न थियो ।
संविधान कार्यान्वयन गर्ने दायित्व सरकारको हो भने अहिलेको अवस्थामा सबैभन्दा पहिले केपी ओलीले राजीनामा दिएर संवैधानिक मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रधानमन्त्री ओलीले संघीयता विरोधी चित्रबहादुर केसी र राजावादी तथा कट्टर हिन्दूवादी कमल थापा जस्ता दुई महारथिलाई दायाँबायाँ राखेर संविधान कार्यान्वयन गर्छु भन्नु हास्यास्पदमात्रै भएको टिप्पणीसमेत गरे ।

नेता लेखकले यस्तै परिस्थिति आउँछ भनेर ओलीविरुद्ध नेपाली कांग्रेसले तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाएको स्मरण गराए ।

उनले संसदीय व्यवस्थाअनुसार व्यवस्थापिका–संसदबाट केप ीओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुने र यसको १५÷२० दिनभित्र नेपालले नयाँ सरकार पाउने दाबी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, वरिष्ठ अधिवक्ता बाबुराजा जोशी, जिल्ला सचिव उद्धव सिलवाल, निशान ढुंगेललगायतले प्रधानमन्त्री ओलीले राजीनामा नदिएर लिँडेढिपी गर्नु संविधान कार्यान्वयनमा भाँजो हाल्ने कार्य भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.