‘सरकार टिकाउन एमालेले ५२ करोड दिएको छैन'

‘सरकार टिकाउन एमालेले ५२ करोड दिएको छैन'

काठमाडौँः एमालेले सरकार बचाउन संघीय समाजवादी फोरमलाई आर्थिक प्रलोभन देखाएको भन्ने समाचारको खण्डन गरेको छ।

एमालेले सरकार टिकाउन आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक ५२ करोडको आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको हो ।

एक अनलाइनले सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन नगरिदिन महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले यादवलाई ५२ करोड प्रस्ताव गरेको भनेर सम्प्रेषण गरेको समाचार कपोलकल्पित भएको एमालेले बताएको छ ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार विज्ञप्ति प्रकाशन गरी सरकारको बचाउका निम्ति कुनै आर्थिक प्रलोभन नदेखाएको प्रष्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘सरकार बचाउनका निम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरासमेत भएको छैन ।'

'मधेसी मोर्चा वा सङ्घीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी छन्, ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव छैन', विज्ञप्तिमा भनिएको छ ।

उनले आफ्नो पेसागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्नसमेत सबै सञ्चारमाध्यमसँग अनुरोध गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.