एक करोड २५ लाख वा सुजज्जित बङ्लो उपहार दिँदै अन्नपूर्ण पोष्ट

एक करोड २५ लाख वा सुजज्जित बङ्लो उपहार दिँदै अन्नपूर्ण पोष्ट

काठमाडौँ: अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले साप्ताहिक, मासिक र वार्षिक आकर्षक ग्राहक योजना सार्वजनिक गरेको छ। बम्पर उपहार अन्तर्गत बस्नलाई तयारी अवस्थामा रहेको अढाइ तले सुसज्जित बङ्लो वा एक करोड २५ लाख नगद उपहार एक भाग्यशाली ग्राहकले पाउनेछन्।

वार्षिक ग्राहक योजना अन्तर्गत बम्पर उपहारका लागि २०७२ माघ १ गतेदेखि ०७३ पुस मसान्तका वार्षिक ग्राहकलाई सहभागी गराइने छ। पुराना ग्राहकले समेत नविकरण गरेर बम्पर उपहारमा सहभागिता जनाउन पाउनेछन्।

चितवन भरतपुरस्थित यज्ञपुरी कोलोनीमा रहेको बस्नका लागि पूर्ण तयार बंगला पाउने ग्राहकले घर नलिए एक करोड २५ लाख नगद पाउनेछन्।

मासिक ग्राहक योजना
त्यस्तै, अन्नपूर्णको ग्राहक योजना अन्तर्गत हरेक महिना एकजना ग्राहकले ‘बजाज प्लाटिना’ मोटरसाइकल उपहार प्राप्त गर्नेछन्।

साप्ताहिक ग्राहक योजना
साप्ताहिक ग्राहक योजना अन्तर्गत भने हरेक साता एकजनाले घरायसी सामाग्री पाउनेछन्। घरायसी सामाग्रीमा फ्रिज, राइसकुकर, आइरनलगायत अत्यावश्यक सामाग्री उपहार राखिएको छ।

ग्राहकका लागि अन्य सुविधा
सबै ग्राहकले स्क्याच कार्ड मार्फत् पाँच सयदेखि सतप्रतिशत नगद छुट पाउने छन्।  सँगै स्मार्ट फोन, ल्यापटप, सपिङ भौचर, ३२ इन्चको एलइडी टिभी, फ्रिज लगायतका उपहार जित्न सक्नेछन्।

ग्राहक योजनाबारे जानकारी दिदै वितरण विभागका प्रमुख विदुर अर्यालले भने, ‘ग्राहक योजना सुरुभएदेखि नै पाठकको आकर्षण बढ्ने क्रममा छ। हातहातै प्राप्त अन्य उपहारले ग्राहकलाई उत्साहित बनाएको छ।’  

६ महिनाको अवधिमा २५ जनाले साप्ताहिक उपहार पाएका छन् भने चार वटा बाइक दिइएको छ।

मासिक ग्राहकको रुपमा विद्या विकास इंलिस सेकेन्डरी स्कुल भरतपुर चितवन, आयुषा पाल्पाली सुनचाँदी पसल खैरहनी बुटवल, सन्तोष श्रेष्ठ गोकर्णेश्वर, काठमाडौँ, नविन खतिवडा घाटबेसी धादिङले  बाइक उपहार पाएका छन्।

थप जानकारीका लागि ४४८२३०५, ४४८१२०७ सम्पर्क गर्न सक्नुहुनेछ ।

अन्नपूर्ण बम्पर उपहार पर्ने भाग्यशाली एक वार्षिक ग्राहकले पाउने बङ्लो भिडियोमा हेर्नुहोस्ः


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.