मुलुकमा रहस्यमय घटनाक्रम सुरुभयोः प्रधानमन्त्री ओली

मुलुकमा रहस्यमय घटनाक्रम सुरुभयोः प्रधानमन्त्री ओली

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बेलामा ‘रहस्यपूर्ण ढङ्गले अस्वस्थ घटनाक्रम सुरु गरिएकाले’ यसले मुलुकमा राजनीतिक अस्थिरता वृद्धि गर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवसका सन्दर्भमा सन्देश दिँदै ओलीले पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित र गम्भीर भएको र यसले जनताको आधारभूत हितमा आँच पुर्याउने चिन्ता व्यक्त गरे । उनले यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने बताए ।

‘सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु’,एमालेका अध्यक्ष समेत रहेका ओलीले बताए ।

संविधानको प्रभावकारी कार्यान्वयनका माध्यमबाट लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, समावेशी र सङ्घीय शासन प्रणाली जस्ता उपलब्धिलाई सुदृढ गर्नु र सुखी जनता र समृद्ध राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नु यतिबेलाको सबैभन्दा महत्वपूर्ण र साझा राष्ट्रिय दायित्व हो भन्दै उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिए ।

नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक सङ्घर्ष, सामाजिक मुक्ति एवम् राष्ट्रिय स्वाधीनताका आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छ भन्दै उनले राजतन्त्रको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि सबै लोकतान्त्रिक शक्ति संयुक्त आन्दोलनको बाटामा अगाडि बढ्नुपर्ने पुष्पलालको दूरदर्शी प्रस्तावकै आधारमा २०४६ सालको संयुक्त जनआन्दोलन सफल भएको उल्लेख गरे ।

‘लोकतान्त्रिक शक्तिबीचको अस्वस्थ प्रतिस्पर्धा र विभाजनका कारण उक्त उपलब्धि संस्थागत हुन नसकी गुमेर मुलुक फेरि प्रतिगमनको बाटामा गयो तर हामीले फेरि संयुक्त जनआन्दोलनको त्यही मर्मलाई पुनः आत्मसात् गरेर २०६२-६३ को परिवर्तन सम्भव तुल्यायौँ, मुलुकमा गणतन्त्र स्थापना गर्न सफल भयौँ र नेपालको संविधान घोषणा गरेर नयाँ युगको आरम्भ गर्न सकेका छौँ ।’ परिवर्तनका हरेक मोडमा पुष्पलालका विचारले मार्गदर्शन गरिरहेको विज्ञप्तिमा भनिएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.