देउवा र प्रचण्डसँग राष्ट्रपतिले भनिन् , ' मलाई विवादमा नतान्नुहोस् '

देउवा र प्रचण्डसँग  राष्ट्रपतिले भनिन् , ' मलाई विवादमा नतान्नुहोस् '

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै छलफल गरेकी छन् ।

राष्ट्रपतिलाई भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका कांग्रेस सभापति देउवा र प्रचण्डसँग पछिल्लो राजनीतिक घट्नाक्रम, संसद्‌मा प्रस्तुत अविश्वास प्रस्ताव र नयाँ सरकार निर्माणबारे परामर्श गरेकी छिन्। भण्डारीले आफ्नो भूमिकाबारे संसद्‌ तथा बाहिर सुनिएका टिप्पणी र चर्चाबारे पनि चासो राखेकी थिइन्। उनले राष्ट्रपतिको भूमिकालाई जबरजस्ती विवाद तान्ने कोसिस गरिएको भन्दै यसो नगर्न सल्लाह दिएकी थिइन्।

अविश्वास प्रस्तावमाथिको छलफलमा सहभागी हुने क्रममा विपक्षी सांसदहरुले सरकार गठनका लागि राष्ट्रपतिले आव्हान गर्न नपर्ने र सभामुखले सिधै सरकार गठनको प्रकिया अघि बढाउनसक्ने अभिव्यक्ति दिएका थिए।

स्रोतका अनुसार राष्ट्रपतिसँगको भेटमा देउवा र प्रचण्डले संसदीय अभ्यासमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत भएर सरकार अल्पमतमा परेपछि स्वभाविक रुपमा राजीनामा दिएर सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा हुँदै नभएको संवैधानिक जटिलता देखाएर संविधानको अपव्याख्या गर्ने प्रयास गरिएको बताएका थिए। उनले नयाँ सरकार गठनको प्रकियालाई सहज बनाइदिनका लागि सकारात्मक पहल हुने विश्वास व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.