संसदमा ओलीविरुद्ध उपेन्द्र यादवको आक्रोश

संसदमा ओलीविरुद्ध उपेन्द्र यादवको आक्रोश

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्ती ओलीको चर्को आलोचना गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित अन्य दलका तर्फबाट केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रस्तुत गरेको अविश्वासको प्रस्तावमा छलफलमा बोल्दै यादवले भने, ‘तराईवासीप्रति दमन गर्ने सरकारविरुद्ध अविश्वासको प्रस्ताव प्रस्तुत हुनु सामान्य हो ।’

यादवले मधेसमा दमन बढेपछि बाध्य भएर भारतसँगको सीमा नाकामा धर्ना बसेको समेत स्वीकार गरे । ‘मधेसमा दमन बढेपछि बाध्य भएर नाकामा धर्ना बसेका हौँ,’ यादवले भने, ‘आन्दोलनको स्वरुप परिवर्तन गर्दै आफूहरू राजधानी आएकाले नाकाबन्दी सरकारले नभई हामीले नै हटाएका हौँ ।’

मधेसी, आदिवासी, जनजाति, दलित, शिल्पी सीमान्तकृत वर्गको हितमा संविधान नआएकाले त्यसको विरोध गरिएको यादवको भनाइ छ ।

अध्यक्ष यादवले ओली सरकारले राष्ट्रिय एकतालाई खल्बल्याएको आरोप पनि लगाए । संसदमा अविश्वासको प्रस्तावमा छलफल जारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.