बहराइन, कुवते र साउदीमा सिधा हवाई उडानको माग

बहराइन, कुवते र साउदीमा सिधा हवाई उडानको माग

कतारः गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारीमा जाने कामदारको हितका लागि गन्तव्य स्थलमै सिधा हवाई उडान माग गरेको छ । संघले वैदेशिक रोजगारका लागि जाने कामदारको लागि बहराइन, कुवेत र साउदी अरेबियामा सिधा उडानको माग गरेको हो । 

कतारमा भएको संघको पाँचौंँ मध्यपूर्व क्षेत्रीय भेलाले वैदेशिक रोजगारीमा जानेका लागि गन्तव्य मुलुकमै हवाई व्यवस्थाको माग सहित १३ बुँदे घोषणापत्र जारी गरेको छ ।

भेलाले पुनः श्रम तथा बिमा स्वीकृतिको व्यवस्था मिलाउनुपर्ने, झिटिगुन्टा सम्बन्धी परिवर्तित नियम खारेज गरेर पूर्ववत् व्यवस्था यथावत नै कायम राख्नुपर्ने माग गरेको छ ।

झिटिगुण्टासम्बन्धी नयाँ व्यवस्थाले वैदेशिक रोजगारमा फर्कदा घरायसी प्रयोजनका लागि सुन ल्याउन चाहनेलाई समस्या परेको संघको बुझाई छ ।

त्यस्तै, भेलाले हुन्डी र तस्करीे निरुत्साहन गर्न सरकारलाई अनुरोध गरेको छ । संयुक्त अरब इमिरेट्सको दुबईमा कन्सुलेट, लेबनान र इराकमा कुटनीतिक निकाय स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

भेलाले वैदेशिक रोजगारीसम्बन्धी नीतिनिर्माण गर्ने हरेक समितिमा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधित्व सुनिश्चत गरिनुपर्ने, वदेशिक रोजगार नियमावली २०६४ बमोजिम कम्तीमा एक हजार महिला कामदारका लागि महिला श्रम सहचारी तथा पाँच हजार पुरुष कामदारका लागि श्रम सहचारीको व्यवस्था गरिनुपर्ने, पीडित महिला तथा पुरुष कामदारका लागि आश्रयस्थलको व्यवस्था गर्न अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.