न्यूयोर्कमा 'टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक एण्ड फिल्म अवार्ड' हुने

न्यूयोर्कमा 'टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक एण्ड फिल्म अवार्ड' हुने
सुन्नुहोस्

अमेरिका : नेपाली कलाकारहरूको मेहनतसहित समर्पणलाईृ अन्तर्राष्ट्रियस्तरमै सम्मान गर्ने अभिप्रायले टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक एण्ड फिल्म अवार्ड हुने भएको छ । अमेरिकाको न्यूयोर्कमा  सक्रिय रहेको रेभिल इभेन्टस् आईएनसी(राजेश हमाल), सतिसाल ग्रुप एलएलसी(लकेश श्रेष्ठ), र बुद ट्याक्स एण्ड एकाउन्टिङ(पशुपति श्रेष्ठ)को संयुक्त आयोजनामा टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक एण्ड फिल्म अवार्ड हुने भएको हो । उत्त अवार्डको अफिसियल मिडिया पार्टनरमा अन्नपूर्ण पोस्ट् रहेको छ ।

काठमाडौंमा आयोजित एक समारोहमा नेपालका वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की,अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी,वरिष्ठ गायकहरू प्रेमराज महत,ओम विक्रम विष्ट,यम बराल, बद्री पंगेनी, जेम्स प्रधान, कमल मानसिंह,धीरज राई,रामजी खाड ,टप शप काठमाडौंका चेयरम्यान सुभाष श्रेष्ठ ,नेपाली ग्लोबल फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ तथा रेबेल इभेन्ट्स प्राइभेट लिमिटेडका उपाध्यक्ष कुबेर कार्कीसहितको उपस्थितिमा अवार्ड कार्यक्रमको घोषणा गरिएको हो।

विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्र र सिनेजगतमा अतुलनीय योग्दान पुर्‍याउँदै आएका नेपालका चर्चित हस्तिहरूलाई अमेरिकाको इतिहासमै पहिलो पटक नेपाली संगीत र चलचित्र उद्योगलाई जोडेर म्युजिक एण्ड फिल्म अवार्ड गर्न लागेको आयोजक सतिसाल ग्रुप एलएलसीका अध्यक्ष लकेश श्रेष्ठले बताए ।

‘यसलाई अवार्डमा मात्रै सीमित नगरी फिल्म फेस्टिबल र उत्सवको रुपमा विकाश गर्नका लागि सबै पक्षलाई जोड्न र उत्साहजनक सहभागिताका लागि न्यूयोर्कमा रहेका समाजसेवी ,बुद्धिजीवि ,विभिन्न संघसंस्था र नेपाली समुदायसँग सहकार्य भइरहेको छ, 'उनले भने ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.