प्रचण्डले भने, सहमतिबाटै अघि बढ्न चाहन्छौं

प्रचण्डले भने, सहमतिबाटै अघि बढ्न चाहन्छौं

काठमाडौँ: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ परिस्थितिमा नयाँ आधारमा अगाडि बढ्ने बताएका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संस्थापक सदस्य नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘नयाँ राजनीतिक पििरस्थितमा नयाँ आधारमा अगाडि बढ्नुपर्छ । नयाँ आधारमा मधेसकेन्द्रित दल, आदिवासी, जनजाति र थारु समुदायको माग सम्बोधन हुनुपर्छ ।’

माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक एकता सुदृढ गरेर मुलुकको राष्ट्रियतालाई समृद्ध गर्न सकिनेमा समेत जोड दिए ।

आगामी राजनीतिक कार्यदिशा नयाँ संविधानप्रति असन्तुष्ट राजनीतिक दललाई सन्तुष्ट बनाउने हुनुपर्ने समेत प्रचण्डको भनाइ छ ।

प्रचण्डले कसैलाई चिढ्याएर र उनीहरुको मानमर्दन गरेर मुलुक कहीँ पनि पुग्न नसक्ने स्पष्ट पारे । नेपालको संविधानको प्रभावकारी कार्यान्वयन नै आजको प्रमुख कार्यभार हो भन्दै नेता दाहालले भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै राष्ट्रिय समस्या समाधान गर्न नयाँ बन्ने सरकार लागिपर्ने उल्लेख गरे ।

स्मृति सभामा नेताहरु नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेललगायतले नेकपा स्थापनादेखि कम्युनिस्ट आन्दोलनका क्रममा कर्माचार्यले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको उल्लेख गरे । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.