मलाई प्रधानमन्त्री चाहिएको छैनः रामचन्द्र पौडेल

 मलाई प्रधानमन्त्री चाहिएको छैनः रामचन्द्र पौडेल

काठमाडौँ: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलााई प्रधानमन्त्री पद आवश्यक नभएको बताएका छन् ।

व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै पौडेलले भने, ‘साथीहरु दोहोर्याई तेहेर्याई प्रधानमन्त्री भएका छन्, मलाई त्यो चाहिएको छैन ।’

पौडेलले प्रधानमन्त्री को हुने भन्दा पनि राजनीति स्थायित्व महत्वपूर्ण भएकाले सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्ने बताए । ‘प्रधानमन्त्री को बन्ने भन्दा पनि राजनीतिक स्थायित्व महत्वपूर्ण हुन्छ । देशको विकासका लागि राजनीतिक स्थायित्व आवश्कय छ ।’

पौडेलले अविश्वासको प्रस्ताव टुंगोमा पुग्न लागेकाले अबको अवस्थालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुझ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रधानमन्त्री ओलीले अहिलेको अवस्थालाई बुझेर आफ्नो गरिमा र मर्यादालाई बुझ्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

राष्ट्रपतिलाई कमजोर पार्ने कुरा नगरौँ

पौडेलले कसैले पनि राष्ट्रपतिको गरिमालाई कमजोर पार्ने कुरा गर्नु नहुने समेत बताए । ‘राष्ट्रपति पदको गरिमालाई कमजोर पार्ने कुरा नगरौँ । हामी गणतन्त्रमा छौँ, हाम्रो गौरब राष्ट्रपति हो,’ पौडेलले थपे, ‘राष्ट्रपतिको अपमान गर्नु हुँदैन । तर, राष्ट्रपतिले आफ्ना सीमा र मर्यादालाई राख्नुपर्छ ।’

पौडेलले संविधानको अवसरवादी व्यख्या कसैले गर्नु नहुनेमा समेत जोड दिए । उनले सत्ताबाट बाहिरिएपछि पनि एमालेको महत्वपूर्ण भूमिका भएको उल्लेख गरे । ‘संविधान कार्यान्वयनका लागि एमालेको पनि आवश्यकता छ । हामीले कहिल्यै एमालेलाई चिडियाउनु हुँदैन,’ पौडेलले भने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.