ओलीले नै नयाँ प्रधानमन्त्री बन्ने बाटो खोलिदिए

ओलीले नै नयाँ प्रधानमन्त्री बन्ने बाटो खोलिदिए

काठमाडौँः आइतबारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रधानमन्त्री चयन गर्ने बाटो खोलिदिएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि संविधानमा स्पष्ट व्यवस्था नरहेको भन्दै मन्त्रिपरिषद् बैठकले बाधा अड्काऊ फुकाउका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

बैठकले नेपालको संविधान २०७२ को धारा २९८ अनुसार प्रधानमन्त्री पदमुक्त भएमा संसद् मार्फत् नयाँ प्रधानमन्त्री निर्वाचित गर्न सक्ने गरी बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्न राष्ट्रपति भण्डारी समक्ष सिफारिस गरेको छ ।

कानुनविद्का विवादित अभिव्यक्तिपछि सरकारले राष्ट्रपति समक्ष बाधा अड्काउ फुकाऊ आदेश जारी गर्न सिफारिस गरेको हो । नेकपा (माओवादी केन्द्र)ले सरकारको समर्थन फिर्ता लिएपछि एमाले निकट कानुन व्यवसायीले वर्तमान सरकार हट्न सक्ने तर नयाँ प्रधानमन्त्री चयन हुन सक्ने व्यवस्था संविधानमा नभएको भन्दै व्यख्या गरेपछि सरकारले राष्ट्रपति समक्ष बाधा अड्काऊ फुकाऊ आदेश जारी गर्न सिफारिस गरेको हो ।

एमाले निकट कानुन व्यवसायीले नयाँ प्रधानमन्त्री चयन गर्ने व्यवस्था संविधानमा नभएको बताए पनि कांग्रेस र माओवादी निकट कानुनविद् र नेताले भने संविधानको धारा २९८ अनुसार नयाँ सरकार बनाउन सक्ने बताउदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.