प्रधानमन्त्री ओलीबाट संसद्‌मा राजीनामाको घोषणा

प्रधानमन्त्री ओलीबाट संसद्‌मा राजीनामाको घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामापत्र राष्ट्रपतिसमक्ष पेस गरिसकेका छन्। अविश्वास प्रस्तावको छलफलमा उठेका प्रश्नहरुका जवाफ दिने क्रममा उनले राजीनामाको घोषणा गरेका छन् ।

उनको राजीनामापछि नयाँ सरकार घोषणा गर्न अब सहज भएको छ । राजीनामापछि संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथि मतदान स्थगित भएको छ। राजीनामा दिएको जानकारीसहित राष्ट्रपति कार्यलयले संसद्‌मा पठाइसकेको छ र सभामुखले त्यो पत्र पढेर सुनाइसकेकी छिन्।

यसअघि ओली नेतृत्वको  मन्त्रिपरिषद्को अन्तिम बैठकले नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। ओलीले नयाँ प्रधानमन्त्रीको निर्वाचन र सरकार गठन सहज रुपमा होस् भनेर बाधा अड्काउ फुकाउने निर्णय गरेको बताए ।

‌ओलीले भने. 'अविश्वास प्रस्ताव पेस भएपछि आफूलाई पदमा टाँसिएर बस्ने मन पटक्कै थिएन तर सात दिन त संसद्को नियमावलीअनुसार मैले पनि कुर्नुपर्‍यो।  सात दिन कुर्न साथीहरुलाई धेरै छटपटी र हुटहुटी भएछ क्यारे । ओलीले नछोड्ने भयो भनेर ठूलै रुवाबासी भयो । तर कानुनका छिद्र खोजेर वा पहिल्याएर पदमा टाँसिने रहर मलाई कहिल्यै भएन। '

उनले बजारमा आफ्नाबारेमा अनेक चर्चा भएको बताउँदै भने,  'जस्केलबाट हिड्ने, ढोका नभए झ्यालबाट हाम फाल्ने काम मबाट हुँदैन । अामनेसामने नै सामना गर्ने मान्छे हुँ म।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.