नयाँ प्रविधिका साथ फिलिप्सका घरायसी सामाग्री बजारमा

काठमाडौँ: फिलिप्स ब्रान्डको आधिकारिक विक्रेता स्याकार कम्पनीले बजारमा नयाँ प्रविधिसहितका सामग्री ल्याएको छ । समयअनुसार आफ्ना उत्पादनलाई परिवर्तन गर्ने क्रममा कम्पनीले बजारमा उत्कृष्ट प्रविधि र आकर्षक डिजाइनका साथ नयाँ मोडलका विभिन्न सामग्री उपलब्ध गराएको छ ।
नेपाली बजारमा घरायसी तथा इलेक्ट्रोनिक्स सामग्रीका लागि सफल ब्रान्डका रूपमा रहेको फिलिप्सका टीभी, एअर प्युरिफायर, आइरन, राइसकुकर, प्रेसरकुकर, किम्सचर, हेयर ड्रायर, सेभरजस्ता सामग्री बजारमा आएका छन् ।
फिलिप्सका घरायसी तथा इलेक्ट्रोनिक्स सामग्रीको बढ्दो मागका कारण नयाँ उत्पादन भिœयाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा भित्रिएका नयाँ उत्पादन प्रविधिका साथै बनावट र मूल्यका आधारमा पनि उत्कृष्ट छन् । यी सामग्री नेपालमा उपलब्ध अन्य ब्रान्डको तुलनामा गुणस्तरीय रहेको कम्पनीले जनाएको छ । ग्राहकको जीवन शैली सहज तुल्याउने क्रममा अत्याधुनिक प्रविधि प्रयोग गरी घरायसी तथा इलेक्ट्रोनिक्स सामान निर्माण गर्दै आएको कम्पनीको भनाइ छ ।
थ्रिडी स्मार्ट टीभी
विश्व टीभी बजारमा राम्रो स्थान ओगटेको फिलिप्सले समयअनुसार परिवर्तन गर्दै उत्कृष्ट प्रविधि र आकर्षक डिजाइनका साथ नयाँ मोडलको टीभी नेपाली बजारमा भिœयाएको छ । कम्पनीका अनुसार फिलिप्सको टीभी उच्च कार्यक्षमता, प्रयोगमैत्री र प्रविधिको उत्कृष्ट नमुना हो । कम्पनीले अहिले बजारमा ५० पीयूटी ८५०९, ५८ पीयूटी ८५०९ र ६५ पीएफटी ६९०९ मोडलमा ५०, ५८ र ६५ इन्चमा अल्ट्रा स्लिम फोरके अल्ट्रा एचडी स्मार्ट टीभी ल्याएको हो । टीभीको मूल्य क्रमशः एक लाख नौ हजार नौ सय, दुई लाख २९ हजार नौ सय र दुई लाख ५१ हजार नौ सय रहेको छ । कम्पनीका अनुसार उत्कृष्ट पिक्चर क्वालिटीका बजारमा आएको नयाँ मोडलका टीभीमा इन्टरनेट जोडेर नयाँ अनुभव गर्न सकिने कम्पनीले जनाएको छ ।
स्मार्ट टीभीका प्रयोगकर्ताले आफ्नो स्मार्टफोनलाई कनेक्ट गरेर पनि टीभीको प्रयोग गर्न सक्छन् । प्रयोगकर्ताले फिलिप्सका स्मार्ट टीभीमा एकै पटकमा धेरैवटा काम गर्न सक्नेछन् । प्रयोग सहज बनाउन टीभीमा ड्युल कोर प्रोसेसरको प्रयोग गरिएको छ । टीभी हेर्दा आँखामा कुनै असर नहोस् भनी ‘एबी लाइट’ प्रयोग गरिएको छ । टीभीमा जुन कलर आउँछ त्यही कलर टीभीको पछाडि ब्लो हुने भएकाले रातमा लाइट बन्द गरेर टीभी हेर्दा कुनै असर नगर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले बजारमा २९ हजार नौ सयदेखि दुई लाख ५१ हजार नौ सय मूल्यसम्मका २४, ३२, ४०, ४२, ५०, ५५, ५८ र ६५ इन्चमा टीभी उपलब्ध छन् । कम्पनीले टीभीको खरिदमा पार्टपुर्जामा एक वर्ष र सर्भिसिङमा दुई वर्षको वारेन्टी प्रदान गरेको छ ।
राइस कुकर
कम्पनीले बजारमा ‘एचडी ३०१८’ मोडलको नयाँ राइस कुकर ल्याएको छ । सात हजार एक सय ९५ रुपैयाँ मूल्य रहेको यस राइस कुकरमा उत्कृष्ट प्रविधि प्रयोग गरिएको छ । १.८ लिटर क्षमतामा उपलब्ध यो राइस कुकर प्रयोगका लागि सहज र बिजुली कम खाने भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार प्रयोग सहज बनाउन ‘वान टच’ बटम प्रयोग गरिएको छ । पिंक फ्लावर कलरमा उपलब्ध यो राइस कुकरमा १२ घन्टासम्म खाना ताजा रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बजारमा चार हजार ९५ देखि सात हजार एक सय ९५ मूल्यसम्ममा विभिन्न मोडलमा राइस कुकर उपलब्ध छ।
आइरन
आकर्षक डिजाइनका साथ कम्पनीले बजारमा नयाँ आइरन भिœयाएको छ । जीसी २९८८, जीसी २०४२ र जीसी २०४० गरी तीन नयाँ मोडल बजारमा ल्याएको हो । यिनको बजार मूल्य क्रमशः ६ हजार तीन सय ९५, ६ हजार चार सय ९५ र पाँच हजार ९५ रहेको छ । कम्पनीका अनुसार २१ सय र २४ सय वाटमा उपलब्ध आइरनमा स्ट्रिम बुस्ट, ड्रिप स्टप प्रणालीको प्रयोग गरिएको छ । आइरनमा स्टिम ग्लाइड सोल प्लेट र स्टिम ग्लाइड सेरामिक प्रयोग गरिएको छ ।
यसका साथै कम्पनीले बजारमा नयाँ मोडलका हेयर ड्रायर, सेभर, एअर प्युरिफायर, मिक्सचर र प्रेसर कुकर पनि ल्याएको छ । कम्पनीका अनुसार कम्पनीले बजारमा ल्याएको नयाँ मोडलको सेभरमा थ्री हेड रहेको छ । मुभेवल टुडी, वाटर पु्रफ रहेको छ । कम्पनीका अनुसार यो एक घन्टाको चार्जमा ४० मिनेटसम्म चल्छ । ५५०७०÷०४ मोडलमा बजारमा आएको यसको मूल्य १२ हजार रहेको छ । कम्पनीका अनुसार बजमरा कम्पनीका दुई हजार एक सय ९५ देखि १८ हजार नौ सय ९५ सम्मको सेभर बजारमा उपलब्ध छन् । एअर प्युरिफायरमा कम्पनीले १३ हजार ९५ पर्ने एचपी ८१०८ मोडल बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार ग्राहकले फिलिप्स ब्रान्डका हरेक सामग्रीको खरिदमा दुई वर्षको वारेन्टी पाउनुका साथै १० प्रतिशतसम्म छुट पाउनेछन् । सिंगापुरबाट आयात हुने फिलिप्सका सामान कम्पनीको कुमारी पाटी, न्युरोड र ज्योति भवनमा रहेको सोरुममा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !
