वानप्लस ३ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं: वानप्लस स्मार्टफोनको नेपालका लागि आधिकारि बिक्रेता आईहब प्रालिले वानप्लस ३ नेपाली बजारमा भित्र्याएको छ । दु्रत गति र आकर्षक डिजाइका कारण विश्व बजारमा सफल स्मार्टफोनका रूपमा परिचित फ्ल्यागसीप स्मार्टफोन ‘वान प्लस थ्री' नेपालमा सार्वजनिक गरेको हो ।
चीनको स्मार्टफोन कम्पनी वानप्लसले निमार्ण गरेको यो स्मार्टफोनमा उत्कृष्ट प्रविधिको प्रयोग गरिएको छ । यसले प्रयोगकर्तालाई स्मार्टफोन प्रयोगको नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आकर्षक बनावटका साथ निमार्ण गरिएको वानप्लस ३ मा प्रयोग गरिएको ‘ड्यास चार्ज' प्रणाली एउटा नयाँ र आकर्षक प्रविधि हो । यसले फोनलाई छोटो समयमा चार्ज गर्न मद्दत गर्नेछ । कम्पनीका अनुसार बजारमा उपलबध अन्य क्विक चार्जिङ प्रणलीभन्दा यसले ६० प्रतिशत छिटो चार्ज गर्नेछ ।
फोनमा प्रयोग गरिएको ३ हजार एमएएच क्षमताको ब्याट्री मात्र ३० मिनेटमा फुल चार्ज हुने कम्पनीले जनाएको छ । आईहब प्रालिका निर्देशक शिरिस मुरारकाले वानप्लस ३ स्मकार्टफोनले ग्राहकको उत्कृष्ट र द्रुत गतिको स्मार्टफोन चलाउने चाहानालाई पूरा गर्ने बताएका छन् । उनका अनुसार यो फोन गुणस्तरका साथै प्र विधिका हिसाबले पनि उत्कृष्ट छ ।
क्यामरा फोनको उपनामले समेत चर्चा पाएको वानप्लस ३ मा १६ मेगा पिक्सेलको मुख्य क्यामरा छ । यसले उत्कृष्ट पिक्चर खिच्नेछ । फोनको क्यामरामा ‘स्मार्ट क्याप्चर' प्रणालीको प्रयोग गरिएको छ । यसले जस्तो सुकै अवस्थामा पनि राम्रो र क्लियर फोटो खिच्न मद्दत गर्नेछ ।
‘स्मार्ट क्याप्चर' मा एचडी मोड, आटो मोड, डाइनामिक डी–न्वाइज जस्ता सुविधा रहेको छ । वानप्लस ३ मा ८ मेगा पिक्सलको सेल्फी क्यामरा छ । फोनमा प्रयोग गरिएको ड्युल–स्ट्याविलाइजेस प्रणाली, अप्टिकल इमेज स्ट्याविलाइजेस प्रणाली, एलेक्ट्रोनिक इमेज स्ट्याविलाइजेस प्रणालीले ब्लरलाई कम गर्नुका साथै लो–लाइटमा समेत उत्कृष्ट फोटो खिच्न मद्धत गर्ने कम्पनीले जनाएको छ ।
मेटल बडीका साथ निमार्ण गरिएको यो स्मार्ट फोनमा ५.५ इन्च अप्टिक एमोलोड डिस्प्ले रहेको छ । यसले १०८० पिक्सेल रिजोलुसन दिनेछ । स्क्रिनको प्रोटेक्सनका लागि कर्निङ पगोरिल्ला ग्लासको प्रयोग गरिएको छ । फोनको क्वाडकोर ८२० स्न्यापड्र्यागन प्रोसेसर, ६ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी छ । पातलो फ्ल्यागसीप स्मार्टफोन वानप्लस ३ मा फिंगरप्रिन्ट सेन्सर, यूएसबी टाइप सी केबल, वाइफाइ ब्लुटुथ, जीपीएस जस्ता फिचर छन् ।
ग्रेफाइट र सफ्ट गोल्ड रङमा नेपाली बजारमा उपलब्ध यो फोनको बजार मूल्य ४९ हजार ९ सय रुपैयाँ छ । कम्पनीका अनुसार यो फोन नेपालभर कम्पनीको आधिकारीक बिक्रेताका साथै अनलाइनमा ‘क्यामु डट कम' र ‘ओलीजस्टोर डट कम' मा उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस !
