हिमालयको टिकट बुकिङ सम्झौता

काठमाडौं: नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्सले अमेडियससँग टिकट वितरणसम्बन्धी बुकिङ गर्ने सम्झौता गरेको छ ।
एअरलाइन्सले स्तरीय बुकिङ सेवा प्रदान गर्न अमेडियससँग टिकट वितरणसम्बन्धी सम्झौता गरेको जानकारी दिएको छ । ‘अमेडियस ट्राभल क्षेत्रमा उन्नत प्रविधिको माध्यमद्वारा सेवा प्रदान गर्ने एक अग्रणी सेवा प्रदायक संस्था हो ।
ट्राभल एजेन्टको व्यापक सञ्जाल समेट्न तथा आफ्नो टिकट भाडादर, समय तालिका र उपलब्धता बारे जानकारी दिन एअरलाइन्स्ले पहिलो पटक ग्लोबल डिस्ट्रिब्यूसन सिस्टम साझेदारका रूपमा अमेडियसलाई छनोट गरेको यो वायुसेवाले जानकारी दिएको छ ।
‘हिमालय एअरलाइन्स् र अमेडियसबीच टिकट वितरण सम्झौता हुनु भनेको अमेडियस सम्बद्ध विश्वका कुनै पनि ट्राभल एजेन्सिजमा एअरलाइन्स्को टिकट भाडादर, सिट र समय तालिकालगायतको पूर्णविवरण जानकारी उपलब्ध गराउनु हो’, विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
