क्रसमान्डु नेसनल च्याम्पियनसिपको तयारी

काठमाडौं: साउन २२ गते राजधानीको तीनकुनेमा ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६' हुने भएको छ । नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा हुने उक्त च्याम्पियनसिपमा २५० सीसीसम्मका ३० वटा अफरोड डर्ट बाइक राइडरको सहभागिता रहने आयोजकले जनाएको छ ।
तीनकुनेमा निर्माण गरिने करिब पाँच सय ५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरले आफ्नो रेसिङ कौशल प्रदर्शन गर्नेछन् । अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलको सुपरीवेक्षणमा सञ्चालन गरिने उक्त च्याम्पियनसिपमा भाग लिने खेलाडीलाई समेत रेसिङसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिने आयोजकले जनाएको छ ।
एसिया विङअन्तर्गतको क्रसफायर बाइकको मुख्य प्रायोजनमा हुने उक्त च्याम्पियनसिपको प्रायोजकमा यूएम बाइक, टीभीएस टायर र रेडबुल रहेका छन् । उक्त च्याम्पियनसिपको प्रमोसनल पार्टनर नेपाल अटो इन्फो, म्यागेजिन पार्टनर अटोमोबाइल मासिक, इभेन्ट पार्टनर नेपाल कल्चर एन्ड एड्भेन्चर इभेन्ट र ट्राभल पार्टनर फुटमार्क ट्राभल एन्ड एड्भेन्चर्स रहेका छन् । आयोजकका अनुसार उक्त च्याम्पियनसिपका विजेतालाई नगद, सिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस !
